कांग्रेस प्रवक्ता डा.महतसँग आन्दोलनरत शिक्षकहरूद्वारा भेट

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता एवम् पूर्वमन्त्री डा.प्रकाशशरण महतले आन्दोलनरत शिक्षकका प्रतिनिधिहरूसँग भेट गरेका छन् ।
बुधबार बिहान काठमाडौंको बाँसबारीस्थित निवासमा प्रवक्ता डा.महतले शिक्षकका प्रतिनिधिहरूसँग भेट गरी आन्दोलन र मागहरूप्रति कांग्रेस गम्भीर रहेको बताएका हुन् ।
प्रवक्ता डा.महतले शिक्षकहरूको मागका विषयमा पार्टीभित्र सभापति शेरबहादुर देउवाले छलफल गरिसकेको र प्रधानमन्त्री केपी ओलीसाग पनि शिक्षकहरूको आन्दोलन तथा मागका विषयमा परामर्श गरेको बताएका छन् ।
प्रवक्ता डा.महतले मन्त्रिपरिषदबाट शिक्षकका मागहरूलाई सम्बोधन गर्ने गरेर केही निर्णयहरू भएको आफूले जानकारी पाएको भन्दै शिक्षकका जायज मागहरू पूरा हुनुपर्ने पक्षमा कांग्रेस रहेको बताएका छन् ।
Published : Wednesday, 2025 April 16, 8:51 pm
बिचार/ब्लग

कांग्रेस संसदीय दलका निर्णयहरू
श्यामकुमार घिमिरे, प्रमुख सचेतक
केपी ओलीभन्दा गिरिजाप्रसाद हठी, कानून उल्लंघन गर्नुभएन
किशोर श्रेष्ठ
नेपाल यिनीहरूले तर्क गरे जस्तो खराब छैन
दिलनिशानी मगर
फेसबुकबाट तपाईको प्रतिक्रिया