बुटवलमा युवतीमाथि गोली प्रहार, अवस्था गम्भीर

बुटवल । रुपन्देही जिल्लामा टीका विष्ट नाम गरेकी युवतीमाथि गोली प्रहार भएको छ ।
शनिबार बिहान साढे ९ बजेतिर बुटवल उप–महानगर वडा नं. ११ बुद्धनगरमा टीकालाई गोली प्रहार भएको प्रहरीले जनाएको छ ।
पाल्पाको रैनादेवी छहरा घर भएकी टीका हाल बुटवलको बुद्धनगरमा बस्दै आएकी थिइन् । टीकालाई कम्मरभन्दा माथि गोली लागेको छ । टीकाको अवस्था गम्भीर बनेको छ ।
टीकालाई लुम्बिनी प्रादेशिक अस्पतालमा उपचारका लागि लगिएको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायव उपरीक्षक ईन्द्रबहादुर रानाले बताए । गोली किन र कसले हानेको भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
Published : Saturday, 2025 April 19, 11:09 am
बिचार/ब्लग

कांग्रेस संसदीय दलका निर्णयहरू
श्यामकुमार घिमिरे, प्रमुख सचेतक
केपी ओलीभन्दा गिरिजाप्रसाद हठी, कानून उल्लंघन गर्नुभएन
किशोर श्रेष्ठ
नेपाल यिनीहरूले तर्क गरे जस्तो खराब छैन
दिलनिशानी मगर
फेसबुकबाट तपाईको प्रतिक्रिया