विवादित महिला शर्मिला वाईबाको टाउको फुट्ने गरी कुटेकाे अभियाेगमा श्रेष्ठ-सिलवाल पक्राउ

काठमाडौं । स्वघोषित कथित अभियन्ता विवादित महिला शर्मिला वाईबालाई कुटपिट गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

शर्मिला श्रेष्ठ भनिने शर्मिला राई र कुवेर सिलवाललाई पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुले जनाएको छ । साताअघि काठमाडौंमा विवादित महिला शर्मिला वाईबालाई टाउको फुट्ने गरी कुटपिट भएको थियो ।

कुटपिटबाट घाइते भएकी शर्मिला वाईबाले शर्मिला श्रेष्ठ र कुवेर सिलवालविरुद्ध किटानी जाहेरी दिएकी थिइन् । सोही जाहेरीका आधारमा पक्राउ गरिएको प्रहरी भनाइ छ ।

पक्राउ परेकी ३५ वर्षीया शर्मिला श्रेष्ठ (शर्मिला राई) मकवानपुरको हेटौँडा उप–महानगरपालिका वडा नं. ३ निवासी हुन् । ४२ वर्षीय कुवेर सिलवाल ‘बाबु’ भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं. ८ निवासी हुन् ।

प्रहरीले शर्मिला श्रेष्ठलाई ललितपुरको महालक्ष्मी नगरपालिका वडा नं. ४ बाट र सिलवाललाई भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं. ८ बाट पक्राउ गरेको अनुसन्धान कार्यालयका एसपी अंगुर जिसीले बताएका छन् ।

शर्मिला श्रेष्ठ र कुवेर सिलवालले वैशाख ३ गते कुटपिट गर्दा शर्मिला वाइबाको टाउको फुटेको छ । शर्मिला वाईबा निकै विवादित, उत्तेजक अभिव्यक्ति दिने र अराजक गतिविधि गर्दै आएकी महिला हुन् ।

Published : Wednesday, 2025 April 23, 9:30 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया