कपनबाट कांग्रेस समानुपातिक सांसद राई पक्राउ
काठमाडौं । नेपाली कांग्रेसकी समानुपातिक सांसद माया राईलाई सहकारी ठगीको अभियोगमा प्रहरीले पक्राउ गरेको छ ।
शनिबार काठमाडौं, कपनबाट काठमाडौं उपत्यका अपराध अनुसन्धानको कार्यालय, टेकुको प्रहरी टोलीले राईलाई पक्राउ गरेको जनाएको छ । शनिबार राति साढे ८ बजेतिर प्रहरीले राईलाई घरबाट पक्राउ गरेको अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी रमेश बस्नेतले बताएका छन् ।
सांसद राईमाथि कालीमाटीस्थित स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलनमा मुद्दा चलाउन सिफारिस भएको छ ।
सांसद राईविरुद्ध सहकारी ठगी र संगठित अपराधको कसूरमा काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको थियो ।
राई सहकारीको सञ्चालक समितिमा रहेर सहसचिव पदमा कार्यरत थिइन् । राई समेतका व्यक्तिले ६९० बचतकर्ताको अर्बौं रुपियाँ हिनामिना गरेको आरोप छ ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया