प्रधानमन्त्री ओली र सभापति देउवाबीच भेटवार्ता
काठमाडौं । प्रधानमन्त्री केपी ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ ।
शनिबार राति प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा सत्ता सहकार्यलाई अझ प्रभावकारी र सुदृढ गर्ने विषयमा छलफल भएको उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बताए ।
पौडेलले भने, ‘नेताहरूले सरकार परिवर्तनका बारेमा चलाइएका हल्ला गलत र निराधार हो । गठबन्धन फेर्ने विषयमा हामीले सोचेका छैनौं । संसदमा प्रभावकारी भूमिका खेल्नुपर्छ, जनतालाई डेलिभरी दिनेगरी अगाडि बढ्नुपर्छ ।’
छलफलमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री पौडेल र गृहमन्त्री रमेश लेखक सहभागी रहेका थिए । उनीहरूबीच समसामयिक राजनीति, बजेट अधिवेशनलाई प्रभावकारी बनाउने, शिक्षक आन्दोलनको विषयमा छलफल भएको छ ।
प्रधानमन्त्री ओली र सभापति देउवाले सरकारको नीति तथा कार्यक्रममा समेट्ने पर्ने नीतिगत विषयमा पनि छलफल भएको छ ।
आम जनतामा निराशा फैलिरहेका बेला सरकारले प्रस्तुत गर्ने नीति तथा कार्यक्रममा आशावादी र जनतासँग प्रत्यक्ष जोडिने कार्यक्रमको सूची बनाउन अर्थमन्त्री पौडेल र गृहमन्त्री लेखकलाई निर्देशन दिएका छन् ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया