रविकी पत्नी निकिता पनि प्रतिवादी, सम्पत्ति जफत गर्ने प्रयाेजन
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेकी पत्नी निकिता पौडेललाई पनि सूर्यदर्शन सहकारीको रकम अपचलनसम्बन्धी मुद्दामा प्रतिवादी कायम गरिएको छ ।
आइतबार जिल्ला अदालत कास्कीमा सरकारी वकिलको कार्यालयले दर्ता गरेकाे मुद्दामा पौडेललाई सम्पत्ति जफत गर्ने प्रयोजनको लागि प्रतिवादी बनाएर मुद्दा दायर गरिएको छ । सम्पत्ति जफत प्रयोजनको लागि उनीसहित ५ जनालाई प्रतिवादी कायम गरिएको छ । सम्पत्ति शुद्धीकरण सम्बन्धी कसूरमा पौडेललाई पनि प्रतिवादी बनाएर अभियोग पत्र दायर गरिएको छ ।
सहकारी ठगका अभियुक्त लामिछानेविरुद्ध कास्की जिल्ला अदालतमा ३ वटा कसूरमा मुद्दा दर्ता भएको छ । लामिछानेविरुद्ध संगठित अपराध, सहकारी ठगी र सम्पत्ति शुद्धीकरण सम्बन्धी कसूरमा अदालतमा अभियोग पत्र दर्ता भएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया