समितिमा माओवादीले बबाल गरेपछि एमालेद्वारा तीन शीर्ष नेताकाे सहमति माग

काठमाडौं । एमालेका सांसद याेगेश भट्टराईले राजनीतिक सहमति विना सार्वजनिक लेखा समितिको सभापति नबदलिने बताएका छन् ।

साेमबार सिंहदरबारमा बसेकाे सार्वजनिक लेखा समितिको बैठकमा भट्टराईले भने, ‘हिजो एउटा सहमतिको आधारमा नेतृत्व चयन भएको हो । यसकारण केपी ओली, शेरबहादुर देउवा र पुष्पकमल दाहाल प्रचण्डको सहमति विना लेखा समिति सभापति बदलिंदैन ।’

माओवादी केन्द्रका सांसदले लेखा समितिका सभापति ऋषिकेश पाेखरेलकाे राजीनामा माग गरेपछि एमालेका सांसद भट्टराईले तीन शीर्ष नेताहरूकाे सहमति चाहिने बता । सभापति पाेखरेलले आफू जहाँ गएर पनि जवाफ दिन तयार रहेकाे बताए ।

माओवादी सांसद अमनलाल मोदीले समिति सभापति ऋषिकेश पोखरेललाई मार्गप्रशस्त गर्न आग्रह गरेका छन् । एमाले सांसदहरू भट्टराई, गोकुल बास्कोटा लगायतले राजनीतिक सहमति बेगर नेतृत्व परिवर्तन नहुने बताए ।

‘फेर्ने भए फेरौं । राष्ट्रिय सभा अध्यक्ष पनि फेरौं’, एमालेका सांसद बास्कोटाले भनेका छन् । उनले शीर्ष नेताको सहमति विना संसदका पदाधिकारी र समिति सभापतिबारे अन्यथा निर्णय नहुने बताए ।

सरकारको नेतृत्व गरिरहेको एमालेका सचिव तथा सांसद योगेश भट्टराईले कसले कहाँ भ्रष्टाचार र अनियमितता गरेको छभन्ने विषयमा एकमुष्ट छलफल गर्नुपर्ने बताएका छन् ।

समिति सभापति पोखरेलकी श्रीमती अञ्जला कोइरालाविरुद्ध सहकारी ठगीमा जिल्ला अदालत मोरङबाट पक्राउ पुर्जी जारी भएको छ । कोइराला फरार रहेकी छिन् । एमाले सांसद भट्टराईले सभापति पोखरेलले आफ्नी पत्नीलाई लुकाएर राख्ने कुरा नहुने बताए ।

‘सभापतिले आफ्नो परिवारलाई छोपेर, लुकाएर राख्ने कुरा भएन । सभापति एमालेको प्रतिनिधि, इमानदार सदस्य र सांसद भएपछि त्यस्तो गर्नुहुन्छ भन्ने मलाई लाग्दैन,’ भट्टराईले भने, ‘उहाँको श्रीमती पक्कै पनि अदालतमा हाजिर हुन जानु हुन्छ । अदालतमा आफ्नो सफाइ दिने हो । बाहिर अरूले जस्तो चिच्याउँदै, कराउँदै हिँड्ने होइन । उहाँ न्यायिक निरुपण गर्ने निकायमा जानुहुन्छ भन्ने विश्वास छ ।´

लेखा समिति सभापति प्रतिपक्षी दलको हुनुपर्ने माओवादीको माग सही नभएको पनि भट्टराईको भनाइ थियो । विगतमा संसद्का पदाधिकारी सहमतिमा नै निर्वाचित भएकाले उक्त विषय उठाउनु जायज नभएको भट्टराईको भनाइ थियो ।
सरकारको नेतृत्व गरिरहेको एमालेका सचिव तथा सांसद योगेश भट्टराईले कसले कहाँ भ्रष्टाचार र अनियमितता गरेको छ भन्ने विषयमा एकमुष्ट छलफल गर्नुपर्ने बताएका छन् ।

Published : Monday, 2024 December 23, 6:40 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया