कांग्रेस नेतृ गुरुङ र चिनियाँ कम्युनिस्ट पार्टी जिङदाओ महानर कमिटीका सेक्रेटरी झेङबीच भेटवार्ता

काठमाडौं । नेपाली कांग्रेसकि केन्द्रीय सदस्य एवम् पूर्व शहरी विकासमन्त्री सीता गुरुङ र चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी)को जिङदाओ महानगर कमिटीका पार्टी सेक्रेटरी एवम् साङदाेङ प्रदेश कमिटीका स्थायी समिति सदस्य झेङ जनराेङबीच भेटवार्ता भएको छ ।

साेमबार जिङदाओ शहरमा पूर्वमन्त्री गुरुङ र सेक्रेटरी झेङबीच दुई मुलुककाे सांस्कृतिक, सामाजिक, आर्थिक लगायतका विषयमा कुराकानी भएको हाे । पूर्वमन्त्री गुरुङले सेक्रेटरी झेङलालाई नेपाल भ्रमणको निम्तो दिएकाे बताएकी छिन् । उनले नेपाल र चीनबीच पुरानाे दौत्य सम्बन्ध रहेको भन्दै सामाजिक, आर्थिक र सांस्कृतिक सम्बन्धलाई अझै मजबुत बनाउनु पर्ने बताएकी छिन् ।

जिङदाओ महानगरका सेक्रेटरी झेङले नेपाल भ्रमणको निम्तोप्रति धन्यवाद दिंदै उपयुक्त समयमा नेपाल भ्रमण गर्ने आश्वासन दिएकाे कांग्रेस नेतृ गुरुङले बताएकी छिन् । भेटपछि कांग्रेस नेतृ गुरुङ र सेक्रेटरी झेङबीच मायाकाे चिनाे आदानप्रदान भएको थियाे ।

Published : Tuesday, 2024 December 24, 7:54 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया