शक्तिशाली सभापति बनाउनेबारे कांग्रेसभित्र कस्तो छ माहोल ?

काठमाडौं । नेपाली कांग्रेसमा सभापतिलाई शक्तिशाली बनाउने गरी विधान परिमार्जन गर्ने शेरबहादुर देउवा समूहको योजना कमजोर हुँदै गएको छ ।

देउवा समूहले सभापतिलाई बलियो बनाउने प्रस्ताव गरेको थियो । तर, वरिष्ठ नेता रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला समूहले विरोध गरेपछि सभापतिलाई बलियो बनाउने विधान मस्यौदा समितिको प्रस्ताव कमजोर हुन पुगेको हो ।

कांग्रेसको विधान मस्यौदा समितिले सभापतिलाई थप बलियो बनाउने गरी सभापतिबाहेकका सबै ९ पदाधिकारी मनोनीत गर्ने प्रस्ताव गरेको थियो । पौडेल–सिटौला पक्षले असहमति जनाएको छ ।

मिश्रित प्रणाली अपनाउनुपर्ने उनीहरूको माग छ । जिल्ला तहबाट पनि अधिकांश सुझाब मिश्रित प्रणाली अपनाउनुपर्ने आएपछि देउवा समूह दबाबमा परेको छ ।

सबै पदाधिकारी मनोनीतको व्यवस्था गर्दा सभापति शक्तिशाली र निरंकुश बन्ने पौडेल–सिटौला समूहको भनाइ छ ।

यद्यपि, कोइराला परिवार सभापतिलाई शक्तिशाली बनाउनुपर्ने अडानमा छ । देउवालाई हेरेर नयाँ विधान बनाउन नहुने कोइराला परिवारको भनाइ छ । पदाधिकारी संख्या बढाउने या नबढाउने विषयमा पनि समितिमा फरक मत छ ।

प्रस्तावित विधानअनुसार केन्द्रीय समितिको संख्या १०३, १२३ वा १३३ मध्ये एक हुँदा पदाधिकारी पनि बढ्ने एक केन्द्रीय सदस्यले बताए ।

Published : Wednesday, 2018 October 24, 5:52 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया