कांग्रेसमा महाधिवेशन प्रतिनिधि चार हजार, प्रदेशमा कति ?

काठमाडौं । नेपाली कांग्रेसमा अब एउटा निर्वाचन क्षेत्रमा रहेका दुई प्रदेश सभा निर्वाचन क्षेत्रबाट प्रदेश प्रतिनिधि र महाधिवेशन प्रतिनिधि छानिने भएका छन् ।

प्रदेश निर्वाचन क्षेत्रका ‘क’ र ‘ख’बाटै २५–२५ जना प्रतिनिधि प्रदेश महाधिवेशनका लागि छानिने विधान मस्यौदा समितिका प्रवक्ता रमेश लेखकले बताए ।

५० प्रतिनिधि उम्मेदवार हुँदा यीमध्येबाटै २५ जना महाधिवेशन प्रतिनिधिका लागि छानिन्छन् । प्रत्येक प्रदेश सभा निर्वाचन क्षेत्रबाट १२–१२ जना र क्षेत्रीय सभापति गरी एउटा संघीय निर्वाचन क्षेत्रबाट २५ जनाका दरले महाधिवेशन प्रतिनिधि छानिने भएका हुन् ।

यस आधारमा १६५ निर्वाचन क्षेत्रबाट चार हजार एक सय २५ महाधिवेशन प्रतिनिधि हुने भएका छन् । यसअघि तीन हजारको हाराहारीमा महाधिवेशन प्रतिनिधि हुन्थे ।

यसअघिको प्रारम्भिक मस्यौदामा प्रत्येक संघीय निर्वाचन क्षेत्रबाट २०–२० जनाको दरले महाधिवेशन प्रतिनिधि छानिने उल्लेख थियो ।

संशोधन गर्दै महाधिवेशन प्रतिनिधि पनि प्रदेश सभाको निर्वाचन क्षेत्रबाट छान्ने तय भएको हो । प्रदेश महाधिवेशनमा भने दोब्बर अर्थात् ८ हजार दुई सय ५० प्रतिनिधि छानिने भएका छन् ।

Published : Wednesday, 2018 October 24, 6:13 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया