चौध वर्ष नसुल्झिएको हत्याकाण्ड, दशैँ टीकाको भोलिपल्ट सल्भ

काठमाडौं । प्रहरीको अपराध महाशाखा टेकु, काठमाडौंले १४ वर्ष अगाडि रानीबारीमा भएको हत्याकाण्डको दोषीलाई पक्राउ गरेको छ ।

चितवनको कठार गाविस वडा नं. ४ घर भई रानीबारीमा डेरा गरी बस्ने जीवन लोहनीलाई बागलुङ स्थायी घर भएका हिक्मत हमालले हत्या गरेका थिए ।

हमालले २०६१ साल माघको ११ गते राति ८ गते लोहनीलाई सामाखुसी चोकमा हत्या गरेर फरार रहेको अपराध महाशाखाका प्रमुख एसएसपी धिरजप्रताप सिंहले जानकारी दिए । लोहनीलाई हत्या गरेपछि हमाल फरार भएका थिए । उनलाई प्रहरीले खोजी गरे पनि पक्राउ गर्न सफल भएको थिएन ।

बागलुङ जिल्लाको देवीस्थान गाविस वडा नं. २ स्थायी घर गंगा हमालका छोरा ३७ वर्षीय हिक्मत हमाललाई प्रहरीले दशैँको टीकाको अर्को दिन कात्तिक ३ गते मध्यान्ह १२ बजे सामाखुसीबाट पक्राउ गरेको एसएसपी सिंहले बताए ।

हिक्मत हमालले हत्या गर्ने बेला जीवन लोहनीको उमेर १८ वर्षको थियो । हिक्मत हमाललाई गोप्य सूचनाका आधारमा महानगरीय अपराध महाशाखा टेकुको टोलीले सामाखुशीबाट पक्राउ गरेको थियो । हिक्मत हमाललाई कारबाहीका लागि आवश्यक अनुसन्धान चलाइएको विज्ञप्तिमा उल्लेख छ ।

हिक्मत हमालले पछिल्लो समय काठमाडौंमा ठेक्कापट्टाको काम गर्दै आएका थिए । हिक्मत हमाललाई पक्राउ गर्न प्रहरीलाई १४ वर्ष लागेको छ । तर, हिक्मत हमालले प्रहरीलाई यति लामो समय चक्मा दिएपनि अन्तिममा पक्राउ परेका छन् ।

Published : Thursday, 2018 October 25, 12:04 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया