कानूनमन्त्री र मुख्य सचिवलाई साथमा राखेर प्रधानमन्त्री ओलीद्वारा राष्ट्रपति पौडेलसँग भेट
![](https://i0.wp.com/www.republicadainik.com/wp-content/uploads/2025/01/Ramchandra-Poudel-Kp-Oli.jpg?resize=810%2C430&ssl=1)
काठमाडौं । कानून, न्याय तथा संसदीय मामिलामन्त्री, मुख्यसचिव लगायतलाई साथमा राखेर प्रधानमन्त्री केपी ओलीले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेट गरेका छन् ।
शुक्रबार राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति पौडेलसँग प्रधानमन्त्री ओलीले भेट गरेका हुन् । भेटमा के विषयमा कुराकानी भएको हो केही भनिएको छैन । उनीहरूका बीच मुलुकको समसामयिक विषयमा छलफल भएको प्रधानमन्त्री ओलीको निजी सचिवालयले जनाएको छ ।
![](https://i0.wp.com/www.republicadainik.com/wp-content/uploads/2025/01/Ramchandra-Poudel-Kp-Oli-.jpg?resize=810%2C432)
राष्ट्रपति पौडेल र प्रधानमन्त्री ओलीबीचको भेटमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसिया, नेपाल सरकारका मुख्यसचिव एकनारायण अर्याललगायतको सहभागिता रहेको थियो ।
प्रधानमन्त्री ओलीले यसअघि राष्ट्रपति पौडेलसँग भेट गर्दा कानूनमन्त्री र मुख्यसचिवलाई एकसाथ राख्दैन थिए । ओलीले पहिलो पटक कानूनमन्त्री चौरियालाई पनि राखेर राष्ट्रपति पौडेलसँग भेट गरेपछि विभिन्न अड्कलबाजी भएका छन् ।
बिचार/ब्लग
![](https://i0.wp.com/www.republicadainik.com/wp-content/uploads/2025/01/Rabi-Mukul.jpg?resize=200%2C200&ssl=1)
मुकुलले हिरासतमा रहेका रविलाई सम्झिए
मुकुल ढकाल![](https://i0.wp.com/www.republicadainik.com/wp-content/uploads/2025/01/Bp-Ganesman-Kishun-ji.jpg?resize=200%2C200&ssl=1)
वीपीलाई यसरी स्मरण गर्छन् कान्छाे छाेरा डा.शशांक कोइराला
डा.शशांक कोइराला, नेता, नेपाली कांग्रेस![](https://i0.wp.com/www.republicadainik.com/wp-content/uploads/2024/12/PL-Singh-Jp-Gupta.jpg?resize=200%2C200&ssl=1)
फेसबुकबाट तपाईको प्रतिक्रिया