दुई प्रहरी हटाउँदैमा कांग्रेसले नमान्ने, गृहमन्त्रीले नै राजीनामा दिनुपर्ने

काठमाडौं । नेपाली कांग्रेसले निर्मला पन्तका दोषी पक्राउ गर्न नसक्ने कम्युनिस्ट सरकारका गृहमन्त्रीको राजीनामा माग गरेको छ । वर्तमान सरकारको नेतृत्वमा बसेकाहरू नै दोषीलाई संरक्षण गर्न सक्रिय भएको उनले आरोप लगाए ।

नेपाली रेडियो नेटवर्कमा शुक्रबार बिहान पत्रकार ऋषि धमलासँग कुरा गर्दै कांग्रेस केन्द्रीय सदस्य रमेश लेखकले दुईजना प्रहरीलाई जागिरबाट बर्खास्थ गर्दैमा दोषीले उन्मुक्ति नपाउने बताए ।

‘दुईजना प्रहरीलाई जागिरबाट हटाएर निर्मला पन्तले न्याय पाउँदिनन्’, उनले भने, ‘घटनाको जिम्मेवारी यो कम्युनिस्ट सरकारले लिनुपर्छ । जिम्मेवारी लिएपछि गृहमन्त्रीले राजीनामा दिनुपर्छ कि पर्दैन ?’

यति लामो समयसम्म पनि दोषीलाई पक्राउ गरेर कारबाही गर्न नसकेको भन्दै खड्गप्रसाद ओली नेतृत्वको सरकार र गृहमन्त्री रामबहादुर थापाको कांग्रेस नेता लेखकले खुलेर आलोचना गरे ।

सरकारले दोषीलाई बचाउन अनुन्धानलाई प्रभावित तुल्याउन खोजिए कांग्रेस मात्रै नभई सबै कञ्चनपुरबासीले पुनः आन्दोलन चर्काउने नेता लेखकले चेतावनी दिए ।

कांग्रेस नेता लेखकले निर्मला पन्तका दोषीहरू पत्ता लगाउन नसक्ने गृहमन्त्रीले पदबाट राजीनामा दिनुपर्ने माग गरे । ‘गृहमन्त्रीले पनि जिम्मेवारी लिुनपर्छ । मैले हत्यारालाई कारबाही गर्न सकेन भन्नुपर्छ’, लेखकले भने, ‘हत्यारालाई संरक्षण गरेको छु भन्नु पर्‍यो । जिम्मेवारी लिएपछि के–के गर्नुपर्छ गर्नुपर्‍यो ।’

‘सरकारले हत्यारा पत्ता लगाउनु पर्‍यो । होइन भने हत्यारा पक्राउ गर्न सकेनौँ भन्नु पर्‍यो’, उनले भने, ‘हत्यारालाई सरकारले संरक्षण गरेकै कारण दोषी खुलेआम हिँडेको छ ।’

केही मानिसहरूले कांग्रेसले देखाएर हत्यारा बचाउन लागेको नेता लेखकले बताए । ‘निर्मला पन्तका दोषीलाई संरक्षण गरेर सरकार भाग्न खोज्दै छ’, उनले भने, ‘सरकार पन्छिन खोजेको हो भने दुर्भाग्य हो । दुई अधिकारीलाई हटाउँदैमा निर्मला र उनको परिवारले न्याय पाइएको छैन ।’

गृहमन्त्रालयले कञ्चनपुरका तत्कालीन एसपी दिल्लीराज विष्ट र प्रहरी निरीक्षक जगदीश भट्टलाई जागिरबाट बर्खास्थ गरेपछि कांग्रेसले निर्मला पन्तका दोषीहरूलाई बचाउने षड्यन्त्र गरेको हो कि भनेर आशंका जनाएको छ ।

Published : Friday, 2018 October 26, 11:03 am

1 प्रतिकृया प्राप्त “दुई प्रहरी हटाउँदैमा कांग्रेसले नमान्ने, गृहमन्त्रीले नै राजीनामा दिनुपर्ने”

  • Would like to resign of Home minister then also Prim minister because there no any meaning and allowed without ensure of security for Nepali people who has elected them and handover the key of Nepal Government but could not response as Nepali people which they had expected from them.

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया