नगदसहित घोराहीमा पक्राउ परे सातजना जुवाडे

घोराही । दाङको घोराही उपमहानगरपालिकामा प्रहरीले सात जना जुवाडेलाई पक्राउ गरेको छ ।

बिहीबार मध्यराति भैसिकुरस्थित शरद थापाको घरमा छापामारेर प्रहरीले सात जना जुवाडेलाई १ लाख ३५ हजार रुपियाँसहित गिरफ्तार गरिएको एसपी कृष्णहरि शर्माले जानकारी दिए ।

अवैध रुपमा रकम समेत राखी जुवा तास खेलिरहेको भन्ने गोप्य सूचनाका आधारमा प्रहरीको विशेष टोलीले थापाको घरमा छापामारेको थियो ।

पक्राउ परेका उनीहरुलाई सार्वजनिक अपराध लगाइनेछ । घोराहीमा जुवा तास खेलाउनेहरु बढ्न थालेपछि प्रहरीले कडाइ थालेको छ ।

Published : Friday, 2018 October 26, 4:16 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया