डढेलो नियन्त्रण पूर्वतयारीको खाका १५ दिनभित्र पेश गर्न निर्देशन

काठमाडौं । प्रतिनिधि सभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले डढेलो रोकथामका लागि पूर्व तयारीको कार्य योजनाको खाका १५ दिन पेश गर्न सरकारलाई निर्देशन दिएको छ ।

बुधबार सिंहदरबारमा बसेको समितिको बैठकले डढेलो नियन्त्रणका लागि वन तथा वातावरण मन्त्रालयलाई कार्ययोजना बनाइ पेश गर्न निर्देशन दिने निर्णय गरिएको कुशुम थापाले बताएकी छिन् ।

प्रत्येक वर्ष सुख्खा याममा हुने गरेको डढेलो न्यूनीकरण तथा रोकथामका लागि डढेलो लाग्ने समयभन्दा पहिला नै वन तथा वातावरण मन्त्रालय, गृह मन्त्रालय, विपद् व्यवस्थापन प्राधिकरण, गाउँपालिका राष्ट्रिय महासंघ, नगरपालिका संघ, सामुदायिक वन उपभोक्ता महासंघ, निजी वन राष्ट्रिय संघ, डढेलो नियन्त्रण सम्बन्धी विज्ञ डा.सुमन शर्मा लगायत सम्बन्धित निकायहरूसंग समितिले छलफल गरेको थियो ।

छलफलपछि डढेलो रोकथामका लागि पूर्व तयारीको कार्य योजनाको खाका १५ दिनभित्र समितिमा पेश गर्न वन तथा वातावरण मन्त्रालयलाई निर्देशन दिएको सभापति थापाले बताएकी छिन् ।

Published : Wednesday, 2025 January 22, 7:12 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया