सरकार चेन्ज हुने कुनै सम्भावना छैन, पूरै अवधि चल्छ : कांग्रेस

काठमाडौं । नेपाली कांग्रेसले ७ बुँदे सहमतिअनुसार वर्तमान गठबन्धनको सरकार पूरा अवधि चल्ने जनाएको छ ।
सोमबार नयाँ बानेश्वरस्थित संसद भवनमा कांग्रेस संसदीय दलको बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै प्रमुख सचेतक श्याम घिमिरेले सातबुँदे सहमतिअनुसार कांग्रेस–एमाले गठबन्धन अहिलेको संसदको पूरा अवधि रहने बताए । उनले सरकार परिवर्तनको कुरा हल्ला मात्रै भएको बताए ।
‘सरकार चेन्ज हुने कुनै सम्भावना छैन’, प्रमुख सचेतक घिमिरेले भने, ‘यो कोलिसन संसदको बाँकी अवधि पूरै चल्ने वाला छ ।’
उनले भने, ‘सातबुँदे सम्झौताअनुसार नै आफ्नो गतिमा अघि बढ्छ । त्यो सम्झौतालाई हुबहु कार्यान्वयन गर्दै त्यसैलाई मार्गनिर्देशक सिद्धान्तको रूपमा लिएर यो संसद् अवधिभर चल्छ ।’
संसदीय दलको अर्को बैठक माघ १८ गते बस्नेछ । बैठकमा सभापति देउवाले सांसदहरूसँग समन्वय गरेर काम गर्न मन्त्रीहरूलाई निर्देशन दिएका छन् ।
बिचार/ब्लग

सरकार ढल्छ भन्ने हल्ला चलेका बेला कांग्रेसको ९ निर्णय सार्वजनिक
श्यामकुमार घिमिरे, प्रमुख सचेतक, कांग्रेस
फेसबुकबाट तपाईको प्रतिक्रिया