ओलीले पनि साथ दिए डा.बाबुरामलाई, चियापानमा देखियो भारतको रियाक्शन

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष समेत रहेका कम्युनिस्ट प्रधानमन्त्री खड्गप्रसाद ओलीले आफ्नै दलको चियापान तथा शुभकामना आदान प्रदान कार्यक्रममा अनुपस्थित भएका छन् ।

स्वास्थ्यका कारण ओली चियापान कार्यक्रममा सहभागी नभएको महासचिव विष्णु पौडेलले जानकारी दिए । स्वास्थ्यमा आएको समस्याका कारण ओली चियापान कार्यक्रममा अनुपस्थित भएपछि नेकपाका कार्यकर्ताहरु खिन्न भएका छन् ।
नेकपाले काठमाडौंको भृकुटीमण्डपमा शनिबार शुभकामना आदान प्रदान गर्न आयोजना गरेको थियो ।

स्वास्थ्यमा समस्या आएपछि प्रधानमन्त्री केपी ओली बालुवाटारमै आराम गरेर बसिरहनु भएको छ, महासचिव पौडेलले चियापानस्थलमा पत्रकारहरुसँग भने ।

मध्यान्ह १२ बजेदेखि अपरान्ह ५ बजेसम्म नेकपाले चियापान कार्यक्रमको आयोजना गरेको छ । कार्यक्रममा पूर्वप्रधानमन्त्री, विभिन्न दलका नेता–कार्यकर्ता, सांसद, कुटनीतिक, कलाकार, नेकपाका कार्यकर्तालगायतको सहभागिता रहेको थियो ।

तत्कालीन (एमाले) र माओवादी केन्द्रबीच पार्टी एकता भएपछि नेकपाले पहिलो पटक चियापान कार्यक्रम राखेको थियो । पहिलो चियापान कार्यक्रमलाई नै ओलीले बहिस्कार गरेपछि नेकपाका कार्यकर्ताहरुले विभिन्न अड्कलबाजी गरेका छन् ।

ओली नआएपछि नेकपाका दोस्रो तहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपाका कार्यकर्ता र पाहुनाहरुलाई स्वागत गरेका थिए ।

स्रोतका अनुसार प्रचण्ड शुक्रबार भारत गएकोमा ओली असन्तुष्ट थिए । सोही असन्तुष्टिलाई देखाउन ओलीले प्रचण्ड पनि सहभागी भएको चियापान कार्यक्रमलाई बहिस्कार गरेर पोखेको नेकपाका एक नेताले बताए ।

चियापानका लागि नेकपाले ५० हजारलाई निम्ता पठाएको थियो । चियापान कार्यक्रममा २० हजारका लागि मात्रै तयारी गरिएको एक नेताले बताए ।

यसअघि पूर्वप्रधानमन्त्री एवम् नयाँ शक्ति पार्टीका संयोजक डा.बाबुराम भट्टराईले पनि नेकपाको चियापान कार्यक्रमलाई बहिस्कार गरिदिएका थिए ।

Published : Saturday, 2018 October 27, 4:43 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया