यस्ता ढोँगी हुन्छन् कम्युनिस्टहरू, गरिबलाई नमकिन, धनीलाई स्याण्डवीच

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले आयोजना गरेको चियापान र शुभकामना आदान प्रदान कार्यक्रममा राखिएको खानेकुरामा समेत बिभेद गरिएको छ ।

सर्वसाधारण र भीआईपीका लागि छुट्टाछुट्टै परिकारको व्यवस्था गरेर समावेशी एवम् समानताको डिंग हाक्ने नेकपाले बिभेद गरेको हो । समाजवाद र समानताको कुरा गर्ने कम्युनिस्तहरूले गरेको यो विभेदले उनीहरू कति ढोँगी छन् भन्ने प्रस्त देखाएको छ ।

सर्वसाधारणलाई कचौरी र नमकिनको व्यवस्था थियो । उनीहरूलाई पातको दुनामा खानेकुरा राखेर वितरण गरिएको थियो ।

कथित भीआइपी र भीआईपीहरूलाई भने प्लेटमा स्याण्ड्वीच र पेडा राखेर पस्किइएको थियो । भीआईपी र सर्वसाधारणहरूका लागि छुट्टाछुट्टै स्वयंसेवकको व्यवस्था रहेको नेकपाका एकजना केन्द्रीय सदस्यले बताए ।

पार्टी कार्यकर्ता र सर्वसाधारणका निम्ति १२ बजे र विशिष्ट व्यक्तिका लागि ३ बजे कार्यक्रममा आउन निम्तो दिइएको थियो ।

त्यतिमात्रै होइन चियापानको निम्तो मान्न भनेर आएका एक सर्वसाधारणलाई नेकपाका कार्यकर्ताहरूले प्रतिगामीको आरोप लगाउँदै कार्यक्रमस्थलमै कुटपिटसमेत गरेका थिए ।

नेकपाले चियापानका लागि ५० हजारलाई निमन्त्रणा दिएको बताइए पनि करिब १० हजार जना सहभागी भएको नाम उल्लेख नगर्ने सर्तमा एकजना स्थायी समितिले सदस्यले बताए ।

विजयादशमी, दीपावली, नेपाल सम्बत् र छठ पर्वका अवसरमा नेकपाले चियापान कार्यक्रमको आयोजना गरेको थियो ।

तत्कालीन एमाले र माओवादी केन्द्रको पार्टी एकतापछि पहिलो पटक चियापान आयोजना भएको थियो ।

पार्टी एकता हुन अगाडि एमाले र माओवादीले अलग–अलग रुपमा काठमाडौंमा चियापान र शुभकामना अदान प्रदानको कार्यक्रम आयोजना गर्दै आएका थिए ।

Published : Saturday, 2018 October 27, 9:45 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया