सरकारले ‘रेड कार्ड’ पायो भने बिहिरिनु पनि पर्छः विश्वप्रकश शर्मा

फिदिम । प्रमुख विपक्षी दल नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सरकार जनविरोधी भएर गलत काम गरे जनताबाट रेड कार्ड पाउने चेतावनी दिएका छन् ।

पाँचथरको फिदिममा शनिबार तरुण गोल्ड कपको उद्घाटनमा शर्माले राम्रो काम गर्न नसक्ने कम्युनिस्ट सरकारलाई जनता आफैले रेड कार्ड दिने बताएका हुन् ।

प्रवक्ता शर्माले मुलुकले भने, ‘संविधान पाइसकेको र निर्वाचन पनि भइसकेकाले कम्युनिस्ट सरकारको सम्पूर्ण ध्यान आर्थिक समृद्धिमा केन्द्रित हुनु पर्नेमा उल्टै जनविरोधी भएर प्रस्तुत भए जनताबाट रेडकार्ड पाएर बाहिरिनु पर्ने हुन्छ ।’

फुटबल खेलमा खेलाडीले गम्भीर फल्ट गरे रेफ्रीले कार्ड दिने गरेको भन्दै शर्माले भने, ‘सरकारले पनि देश र जनताको पक्षमा काम गर्न नसके जनताले रेड कार्ड दिने पक्का छ ।’

उनले कांग्रेसको सन्दर्भमा होस्, चाहे कम्युनिष्टको सन्दर्भमा होस्, मुलुकलाई अग्रगतिमा लिएर जाने बाहेक अर्को साझा सपना नरहेको बताए । ‘राजनीति आफ्नै ठाउँमा छ’, उनले भने, ‘देश बनाउने अभियानमा सत्ता पक्ष होस् या चाहे प्रतिपक्ष, मुलुकको समृद्धिमा सँगसँगै हुनुपर्छ ।’

समृद्ध मुलुक बनाउने अभियानमा राजनीतिक हठलाई त्यागेर अघि बढ्नुको विकल्प नरहेको प्रवक्ता शर्माले बताएका छन् ।

कांग्रेस प्रतिपक्षी दल रहँदै गर्दा नवीन उदाहरण प्रस्तुत गरेको शर्माले बताए । ‘राजनीतिमा प्रतिष्पर्धा हुन्छ, तिक्तता हुन्छ । कोही कसैका दुष्मनी होइनौँ । अनि विरोधी पनि होइनौँ’, उनले भने, ‘हाम्रो दुष्मनी यहाँको गरिवीसँग छ । बाटो नभएको ठाउँहरूसँग छ । विकटतासँग छ । भोगसँग छ र पानी नपाएका गाउँहरूसँग छ ।’

Published : Sunday, 2018 October 28, 7:22 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया