कांग्रेसले फजुल खर्च कटौती गर्ने, खाना खुवाउने, वास आफ्नै

काठमाडौं । नेपाली कांग्रेसले मंसिरमा हुन लागेको महासमिति बैठकमा पार्टीले खाना खुवाउने भएको छ ।

वास बस्ने व्यवस्था महासमिति सदस्यहरू आफैँले गर्नुपर्ने भएको छ । पार्टीका पदाधिकारीसहित काठमाडौं, ललितपुर र भक्तपुरका जिल्ला सभापतिहरूको बैठकले महासमिति बैठकस्थल काठमाडौंको भृकृटीमण्डपमा गर्ने तय गरेको छ ।

बैठकमा सहभागी हुने महासमिति सदस्यसहितका प्रतिनिधिलाई बैठक अवधिभर पार्टीले खाना खुवाउनेछ ।

कांग्रेस सहमहामन्त्री डा.प्रकाशशरण महतले महासमिति बैठकमा सहभागीलाई पार्टीले खाना मात्र खुवाउने जानकारी दिए ।

कांग्रेसको महासमिति बैठक आगामी ५ देखि ९ मंसिरसम्म काठमाडौंमा बस्दै छ । महासमिति बैठकमा एक हजार चार सयजति प्रतिनिधि सहभागी हुन्छन् ।

भृकुटीमण्डपमा कार्यक्रमस्थल आफैँ बनाएर कांग्रेसले एक दिनको ६० हजार भाडा तिनुपर्ने छ ।

एक नेताका अनुसार सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)सँग जस्तो नेपाली कांग्रेससँग खर्च गर्ने क्षमता छैन । महासमिति बैठकमा मितव्ययिता गर्नका लागि खाना मात्रै खुवाउन लागिएको छ ।

Published : Sunday, 2018 October 28, 11:57 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया