दवावमा पर्‍यो कम्युनिस्ट सरकार, निर्मलाको पक्षमा उर्लियो आन्दोलन

महेन्द्रनगर । निर्मला पन्तका हत्यारा सार्वजनिक गर्न माग गर्दै महेन्द्रनगरमा पुनः प्रदर्शन शुरु भएको छ । निर्मला पन्तका परिवार, आफन्त, स्थानीयसहित अधिकारकर्मीहरूले सोमबार प्रदर्शन गरेका छन् ।

बलात्कारपछि हत्या भएको तीन महिना पुगिसक्दा पनि अझै दोषीलाई सार्वजनिक नगरिएको भन्दै प्रदर्शन भएको हो । प्रदर्शन महेन्द्रनगरको मदन चोकबाट सुरु भएको छ ।

प्रमुख जिल्ला अधिकारीमार्फत अल्टिमेटमसहित प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने कार्यक्रम रहेको नागरिक संघर्ष समितिले जनाएको छ । प्रदर्शनमा गाउँदेखिसमेत महिलाहरूको सहभागिता छ ।

साउन १० गते १३ वर्षीय किशोरी निर्मला पन्तको हत्या भएकोमा अहिलेसम्म हत्यारा पक्राउ परेका छैनन् । दशैँको समयमा आन्दोलन स्थगित गरेका महिला अधिकारकर्मीले पुनः दवाबमुलक आन्दोलन सुरु गरेका हुन् ।

महेन्द्रनगरमा निर्मला पन्तका दोषीलाई काबारहीको माग राखेर सोमबारदेखि पुनः सडक आन्दोलन शुरु भएपछि कम्युनिस्ट सरकार दवावमा परेको छ ।

Published : Monday, 2018 October 29, 1:13 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया