दिनदशा बिग्रियो काठमाडौंका यी गुन्डाहरूको

काठमाडौं । महानगरीय प्रहरी अपराध महाशाखा टेकुले नेपाल निर्माण व्यवसायी महासंघका तत्कालीन अध्यक्ष शरद गौचनको हत्याकाण्डमा संलग्न तीनजनाई पक्राउ गरेको छ ।

प्रहरीले लोप्साङ लामा, अमर लामा र रोशन बुढाथोकीलाई सोमबार काठमाडौंबाट पक्राउ गरेको हो ।

लोप्साङलाई प्रहरीले लामो समयदेखि खोजिरहेको थियो । गत वर्ष गौचनलाई मीनभवनमा गोली हानी हत्या गरिएको थियो ।

गौचनको हत्याका नाइके श्याम गोम्बेलाई प्रहरीले पक्राउ गरेको थियो । गोम्बेलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले गोम्बेलाई गएको माघ ९ गते पक्राउ गरेको थियो ।

गौचनमाथि गोली प्रहार गर्ने अर्का अभियुक्त अमर लामा फरार थिए । उनीहरू दुवैलाई नेपाली सेनाबाट भागेर गुण्डागर्दीमा संलग्न हुँदै आएका थिए ।

गौचन हत्याका मुख्य योजनाकार समीरमान सिंह बस्न्यातसहित ११ जनालाई हत्याको केही समयपछि नै पक्राउ गरेको थियो ।

प्रहरीले मंसिर १ गते हत्याका अभियुक्त बसन्त थेबे र धनराज योङहाङलार्इ पनि पक्राउ गरिएको छ । उनीहरूको साथबाट प्रहरीले दुई थान पेस्तोल र १० राउण्ड गोली पनि बरामद गरेको थियो । असोज २३ गतेमा गौचनको गोली हानी हत्या गरिएको थियो ।

Published : Monday, 2018 October 29, 3:22 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया