विधानको मस्यौदालाई कांग्रेस केन्द्रीय कार्यसमितिले टुंगो लगाउने

काठमाडौं । नेपाली कांग्रेसको मस्यौदा विधान मस्यौदा समितिले विकल्पसहित केन्द्रीय कार्यसमितिमा विधानको मस्यौदा पेस गर्ने भएको छ ।

विधानको अन्तिम मस्यौदामा सदस्यहरूबीच सर्वसम्मति नभएपछि विकल्पसहित पठाइने भएको हो । कार्यसमितिको आकार र पदाधिकारी संख्यालगायत ६ मुख्य बुँदामा विकल्पसहितको मस्यौदा समितिले तयार पार्न लागेको छ ।

विधान समितिले कात्तिक १६ गतेसम्म अन्तिम मस्यौदा तयार पार्नेछ । समिति सदस्य प्रदीप पौडेलका अनुसार अधिकांश विषय टुंगिए पनि केहीमा विकल्पसहित जाने अवस्था छ ।

समितिले बनाएको प्रारम्भीक मस्यौदामा सबै विषयमा विकल्प राखिएको थियो । मस्यौदामा केन्द्रीय सदस्यको संख्या १ सय १, १ सय २३ वा १ सय ३३ मध्ये कुनै एउटा बनाउन सकिने प्रस्ताव गरिएको थियो ।

सभापतिबाहेक दुई उपसभापति, दुई महामन्त्री, तीन सहमहामन्त्री र एक कोषाध्यक्ष राख्ने प्रस्ताव मस्यौदामा थियो । केन्द्रीय पदाधिकारीको संख्या बढाउने र सभापतिले मनोनीत गर्ने प्रावधानले सभापतिलाई अझ बलियो बनाउने भन्दै देउवाइतर नेताले विरोध गरेका थिए ।

पदाधिकारी संख्या बढाउने कि नबढाउने, समावेशी समानुपातिक कसरी बनाउने, केन्द्रीय सदस्यले सीधै महाधिवेशन प्रतिनिधि बन्न पाउने कि नपाउने, बाधा अडकाउ फुकाउको व्यवस्था गर्ने कि नगर्ने, संसदीय र अनुशासन समिति कसरी बनाउने समिति सदस्यबीच फरक धारणा देखिएको एक नेताले बताएका छन् ।

Published : Wednesday, 2018 October 31, 9:14 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया