अस्पतालमै पुग्यो प्रधानमन्त्री ओलीलाई माछाको तरकारी

काठमाडौं । कम्युनिस्ट प्रधानमन्त्री केपी ओलीको स्वास्थ्यमा उल्लेख्य सुधार आएपछि अस्पतालमै माछाको तरकारी मगाएर खाएका छन् ।

शिक्षण अस्पताल महाराजगञ्जमा सोमबारदेखि उपचार गराई रहेका ओलीले बुधबार बिहान चिकित्सकहरूसँगको सल्लाहमा माछाको तरकारी खाएका हुन् ।

त्रिवि अस्पतालका चिकित्सक डा.अरुण सायमीका अनुसार प्रधानमन्त्री ओलीलाई दाल भात खान दिइएको छ । ओली आफैंले माछा खान हुन्छ कि हुन्न भनेर चिकित्सकलाई सोधेका थिए । चिकित्सकले हुन्छ भनेपछि माछाको तरकारी मगाइएको छ ।

प्रधानमन्त्री ओलीलाई दिइएको मुख्य एन्टिबायोटिकको डोज बिहीबार सकिनेछ । बिहीबारदेखि नशाबाट दिइने औषधिहरू रोकिनेछन् । ओलीलाई अब मुखबाटै औषधिहरू खुवाइने उचारमा संलग्न डा.सायमीले बताए ।

प्रधानमन्त्री ओलीको छातीमा भएको संक्रमण कम भएको छ । ज्वरो पनि नियन्त्रणमा आएको डा.सायमीले बताए ।

स्वास्थ्यमा सुधार आएसँगै ओलीले बुधबार बिहान अस्पतालमै उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेल र गृहमन्त्री रामबहादुर थापासँग छलफल गरेका थिए ।

Published : Wednesday, 2018 October 31, 10:43 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया