दाङ प्रहरीलाई अहिलेसम्मकै ठूलो सफलता, चकित परे यी चोर

घोराही । जिल्ला प्रहरी कार्यालय दाङले चोरी भएको १७ लाख रुपियाँ बराबरको नेपाल टेलिकमको रिचार्ज कार्डसहित एकजनालाई पक्राउ गरेको छ ।

रिचार्ज कार्ड चोरी गर्ने रोल्पाका दलबहादुर पुनलाई पक्राउ गरी दाङ प्रहरीले बिहीबार घोराहीमा पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको हो ।

रोल्पा जिल्लाको माडी गाउँपालिका २ स्थायी घर भएका २१ वर्षीय पुनले असोज २३ गते नेपाल टेलिकमको १७ लाख रुपियाँ बराबरको रिचार्ज कार्ड चोरी गरेर फरार भएका थिए ।

रिचार्ज कार्ड चोरी भएको २१ दिनपछि कात्तिक १३ गते दाङ प्रहरीले पुनलाई रिचार्ज कार्डसहित रंगेहात पक्राउ गरेको छ । दाङबाट अर्को जिल्ला लैजाँदै गरिएको रिचार्ज कार्ड असोज २३ गते चोरी भएको थियो ।

पुनलाई रोल्पाको थवाङ गाउँपालिका २ बाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख एसपी कृष्णहरि शर्माले जानकारी दिए । पुनले थवाङमा रिचार्ज कार्ड बिक्री गर्दै गरेको अवस्थामा प्रहरीले रंगेहात पक्राउ गरेको थियो । पुनलाई पक्राउ गर्न दाङ प्रहरीले रोल्पा र प्यूठान प्रहरीसँग पनि समन्वय गरेको थियो ।

ईलाका प्रहरी कार्यालय थवाङ रोल्पाको सहयोगमा पुनलाई पक्राउ गरी प्रारम्भीक अनुसन्धान गर्ने क्रममा चोरी भएका रिजार्ज कार्डहरू प्यूठानको स्वर्गद्वारी नगरपालिका ७ स्थित ससुराली घरमा लुकाई राखेको अवस्थामा फेला परेको एसपी शर्माले बताए ।

१. रोल्पाबाट बरामद गरिएका रिचार्ज कार्डहरू

– रु. ५० दरका रिजार्ज कार्ड ४००० थान बराबर रु.२,००,०००।– (दुई लाख)

– रु.१०० दरका रिचार्जकार्ड २,००० थान बराबर रु.२,००,०००।– (दुई लाख)

२. प्यूठानबाट बरामद गरिएका रिचार्ज कार्डहरू

– रु.५० दरका रिजार्ज कार्ड ३६०० थान बराबर रु.१,८०,०००।– (एक लाख असी हजार)

– रु.१०० दरका रिचार्ज कार्ड ८५०० थान बराबर रु.८,५०,०००।– (आठ लाख पचास हजार)

– ५०० दरको ३६० थान बराबर रु.१,८०,०००।– (एक लाख असी हजार)

३. जम्मा संख्या

– ५० दरको ७,६०० थान बराबर रु.३,८०,०००।– (तीन लाख असी हजार)

– १०० दरको १०,५०० थान बराबर रु.१०,५०,०००।– (दश लाख पचास हजार)

– ५०० दरको ३६० थान बराबर रु.१,८०,०००।– (एक लाख असी हजार)

जम्मा रकम रु.१६,१०,०००।– (सोह्र लाख दश हजार) र थप बाँकी रिचार्ज कार्डहरूका सम्बन्धमा अनुसन्धान भइरहेको छ ।

Published : Thursday, 2018 November 1, 11:49 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया