शंकरदेव कलेजमा कम्युनिस्टको ताला, चुनाव रोकियो, नेविसंघ जिताउन ४ सय विद्यार्थी भर्नाको आरोप

काठमाडौं । शंकरदेव क्याम्पस, पुतलीसडक, काठमाडौंले चैत ५ गते हुन लागेको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचन प्रक्रियाका सम्पूर्ण कार्यक्रमहरू स्थगन भएको जनाएको छ ।
स्ववियु निर्वाचन समिति– २०८१ संयोजक ध्रुव सुवेदीले बिहीबार सूचना प्रकाशित गरि निर्वाचन प्रक्रियाहरू अर्को सूचना प्रकाशित नभएसम्मको लागि स्थगन गरिएको जनाएका हुन् ।
सूचनामा भनिएको छ, ‘मिति २०८१ चैत ५ गते सम्पन्न गर्ने भनिएको स्ववियु निर्वाचनको आजको मिति २०८१ चैत २८ गतेदेखिको बाँकी प्रक्रिया हाल असामान्य परिस्थिति उत्पन्न भएको हुँदा अर्को सूचना प्रकाशित नभएसम्मको लागि स्थगन गरिएको व्यहोरा सम्बन्धित सबैलाई सुचित गरिन्छ ।’
झिनामसिना विभिन्न कम्युनिस्ट पार्टी निकटका विद्यार्थी संगठनहरूले शंकरदेव क्याम्पसमा तालाबन्दी गरेर स्ववियु निर्वाचन प्रक्रिया अरुद्ध बनाएका हुन् । उनीहरूले शंकरदेव क्याम्पसका स्ववियु सभपाति सुशान्त बस्नेतले ४ सयभन्दा धेरै विद्यार्थी भर्ना गरेर निर्वाचन नेपाल विद्यार्थी संघ (नेविसंघ)को पक्षमा बनाउन खोजेको आरोप लगाएका छन् । कम्युनिस्ट निकटका विद्यार्थी संगठनहरू शंकरदेव क्याम्पसको स्ववियु निर्वाचनमा पराजित हुने अनुमानसहित तालाबन्दी गरेर निर्वाचन प्रक्रियालाई प्रभावित बनाएको आरोप छ ।
शंकरदेव क्याम्पसका स्ववियु सभापति सुशान्त बस्नेतले प्रतिक्रिया दिँदै भने, ‘हामी स्ववियु निर्वाचन समयमा होस् भनेर लागेका थियौं र छौँ । तर, केही समूह निर्वाचन समयमा नहोस् भनेर लागेका छन् । यो कार्य अस्विकार्य छ । विभिन्न संगठन र समूहले मलाई ४ सयभन्दा धेरै विद्यार्थी भर्ना गरेको भनेर लगाइएको आरोपमा सत्यता छैन । क्याम्पसमा भर्ना हुने अधिकार विद्यार्थीको हो । त्यो अधिकार कसैले पनि अबरोध गर्न पाइँदैन भन्ने मेरो मान्यता छ ।’
बिचार/ब्लग

स्ववियु निर्वाचन र स्ववियुमा विद्यार्थी संगठनको महत्व
रोशनराज ढाहाल
सरकार ढल्छ भन्ने हल्ला चलेका बेला कांग्रेसको ९ निर्णय सार्वजनिक
श्यामकुमार घिमिरे, प्रमुख सचेतक, कांग्रेस
फेसबुकबाट तपाईको प्रतिक्रिया