प्रा.डा.प्रधानको अहँकारले पीके कलेजको निर्वाचन बिथोलियो, ज्योति पनेरुमाथि प्रहरी परिचालन

काठमाडौं । पद्म कन्या क्याम्पस (पीके), बागबजार, काठमाडौंको क्याम्पस प्रशासनको हेपाहा प्रवृत्ति र अधिनायकवादी कदमका कारण चैत ५ गते हुन लागेको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचन बिथोलिएको छ ।
क्याम्पसकी प्रमुख प्रा.डा.जयालक्ष्मी प्रधानले प्रहरी परिचालन गरेर स्ववियु निर्वाचनका मतदाताहरूको अन्तिम नामावली प्रकाशित गरेपछि स्ववियु निर्वाचन प्रभावित भएको हो । रातदिन गरेर काम गरे पनि चैत ५ गते कुनै पनि हालतमा स्ववियु निर्वाचन हुन सक्ने छैन ।
क्याम्पस प्रमुख डा.प्रधानले पद्म कन्या बहुमुखी क्याम्पस स्वतन्त्र विद्यार्थी युनियनकी सभापति ज्योति पनेरुलाई समेत बाहिर राखेर मतदाता नामावली प्रकाशित गरेकी थिइन् । डा.प्रधानको यो निरंकुश र अधिनायकवादी हर्कतको विद्यार्थील जबरजस्त रुपमा विरोध गरेका छन् ।
मतदाता नामावली प्रकाशित गर्दा बहालवाला स्ववियु सभपाति पनेरुलाई समेत बेवास्ता गरि बाहिर निकालेर क्याम्पस प्रमुख डा.प्रधानले कार्य गरेपछि विद्यार्थी संगठनहरूले चर्को विरोध गरेका छन् ।
क्याम्पस प्रमुख प्रा.डा.प्रधानको हर्कतको विरोधमा एक दर्जन विद्यार्थी संगठनले तालाबन्दी गरेका छन् । विद्यार्थीले तालाबन्दी गरेपछि डा.प्रधानको पसिना छुटेको छ । देशभरिका कलेजमा चैत ५ गते निर्वाचन हुँदै गर्दा इतिहाँस बोकेको पद्म कन्या बहुमुखी क्याम्पसमा क्याम्पस प्रमुख प्रा.डा.प्रधानको अहँकार र घमण्डका कारण चुनाव बिथोलिएको छ । चुनाव विथोलिएको जिम्मेवारी प्रा.डा.प्रधानले लिनुपर्ने विद्यार्थी नेताहरूले बताएका छन् ।
स्ववियु सभापति पनेरुका साथै नेविसंघ, अनेरास्ववियुसहित एक दर्जन विद्यार्थी संगठनले क्याम्पस प्रमुख डा.प्रधानको हर्कतको विरोध गरेका छन् । उनीहरूले विज्ञप्ति जारी गरेरै निर्वाचन प्रक्रियाको विरोध गरेका हुन् ।
क्याम्पस प्रमुख डा.प्रधानको आदेशमा स्ववियु सभापति पनेरुलाई प्रहरीले क्याम्पसको मूल ढोकाबाट धकेलर बाहिर निकालेका छन् । प्रहरीलाई क्याम्पसमा प्रवेश गरेर शान्तिपूर्ण कार्यक्रममा विद्यार्थीमाथि दमन गर्ने अधिकार हुँदैन । यद्यपि, क्याम्पस प्रमुख डा.प्रधानको आदेशपछि प्रहरी क्याम्पसमा छिरेर दमन गरेको आरोप विद्यार्थी नेताहरूको आरोप छ ।
बिचार/ब्लग

स्ववियु निर्वाचन र स्ववियुमा विद्यार्थी संगठनको महत्व
रोशनराज ढाहाल
सरकार ढल्छ भन्ने हल्ला चलेका बेला कांग्रेसको ९ निर्णय सार्वजनिक
श्यामकुमार घिमिरे, प्रमुख सचेतक, कांग्रेस
फेसबुकबाट तपाईको प्रतिक्रिया