ऋषभ गिरीको नेतृत्वमा पुल्चोक क्याम्पसमा नेविसंघको आधिकारिक प्यानल

काठमाडौं । नेपाल विद्यार्थी संघ (नेविसंघ)ले पुल्चोक क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचनका लागि ऋष्भ गिरीको नेतृत्वमा आधिकारिक प्यानल सार्वजनिक गरेको छ ।

सभापतिमा ऋषभ गिरी, सचिवमा अर्जुन तिम्सिना र कोषाध्यक्षमा रुपेश भट्टराई रहेको नेविसंघले जनाएको छ ।

प्रत्यक्षतर्फको सदस्यहरू दीप्सन के.सी., मोहित ढकाल, मनोरथ भट्ट, एन्जल अधिकारी, सपना बन्जाडे, ललन यादव, निकेतकुमार राय र सुदीप आचार्य रहेका छन् ।

नेविसंघले पुल्चोक क्याम्पसमा प्रत्यक्षतर्फका आफ्ना उम्मेदवारहरूलाई विजयी बनाउन अपील गरेको छ । नेविसंघले ऋषभ गिरी सभापति रहेको प्यानललाई विजयी बनाउन मतदाताहरूसँग अनुरोध गरेको छ ।

Published : Sunday, 2025 March 16, 7:47 am

फेसबुकबाट तपाईको प्रतिक्रिया