नेविसंघबाट सिस्ने शिक्षा क्याम्पसमा अर्जुन बुढाको प्यानल

रुकुम पूर्व । नेपाल विद्यार्थी संघ (नेविसंघ)ले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका लागि सिस्ने शिक्षा क्याम्पस, रुकुमकोट, रुकुम पूर्वमा सभापतिमा अर्जुन बुढाले मनोनयन दर्ता गराएका छन् ।
नेविसंघका अनुसार अर्जुन बुढाको नेतृत्वमा प्यानल बनाएर चैत ५ गतेको स्ववियु निर्वाचनमा प्रतिस्पर्धा गर्न लागिएको छ । अर्जुन बुढाको प्यानललाई मतदान गरेर विजयी बनाउन अपील गरिएको छ ।
सभापति अर्जुन बुढाको प्यानलबाट सचिवमा प्रकाश के.सी. र कोषाध्यक्षमा पूजा वि.सी.ले मनोनयन दर्ता गराएका छन् । प्रत्यक्षतर्फको सदस्य पदहरूमा सामना बुढाथोकी, पवित्रा गिरी, करेष्मा पुन मगर, लयन घर्ती मगर र गीता थापा रहेका छन् ।
समानुपातिकतर्फ सदस्य पदका उम्मेदवारहरूमा सुस्मिता सेन, धनिमान शेर्पाली, पृस्कला बुढा, रीता मल्ल, चाहाना घर्ती मगर, मञ्जु बुढा र सत्यदेवी बुढा मगर रहेको नेविसंघले जनाएको छ ।

बिचार/ब्लग

स्ववियु निर्वाचन र स्ववियुमा विद्यार्थी संगठनको महत्व
रोशनराज ढाहाल
सरकार ढल्छ भन्ने हल्ला चलेका बेला कांग्रेसको ९ निर्णय सार्वजनिक
श्यामकुमार घिमिरे, प्रमुख सचेतक, कांग्रेस
फेसबुकबाट तपाईको प्रतिक्रिया