महेन्द्ररत्न क्याम्पसमा कम्युनिस्टको कथित किल्ला भत्काउन नेविसंघको प्यानल

काठमाडौं । नेपाल विद्यार्थी संघ (नेविसंघ)ले काठमाडौंको ताहाचलमा रहेको महेन्द्ररत्न क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचनमा सभापतिमा पुष्पराज बटालाको प्यानललाई विजयी बनाउन अपील गरेको छ ।

नेविसंघका अनुसार सभापतिमा पुष्पराज बटाला, सचिवमा अपेक्षा सुवेदी र कोषाध्यक्षमा पवन डाँगीले मनोनयन दर्ता गराएका छन् । चैत ५ गते हुन लागेको स्ववियु निर्वाचनमा नेविसंघले महेन्द्ररत्न क्याम्पस ताहाचलमा पुष्पराज बटालाको नेतृत्वमा आफ्नै बलियो प्यानल खडा गरेको छ ।

सदस्यहरूमा सावित्री भण्डारी, मनीष अधिकारी, राजु शर्मा र लक्ष्मी रेस्मीलाई उम्मेदवार बनाएको नेविसंघले जनाएको छ । महेन्द्ररत्न क्याम्पस कथित कम्युनिस्टको किल्लाका रुपमा परिचित छ । कम्युनिस्टलाई पराजित गरेर नेविसंघले स्ववियुमा नेतृत्व हत्याउने रणनीति बनाएको छ ।

Published : Sunday, 2025 March 16, 8:57 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया