आरआर क्याम्पसमा नेविसंघको आफ्नै प्यानल, अनेरास्ववियुको बिर्ता भत्काउने

काठमाडौं । नेपाल विद्यार्थी संघ (नेविसंघ)ले रत्न राज्यलक्ष्मी क्याम्पस (आरआर), प्रदर्शनी मार्ग, काठमाडौंको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचनका लागि विनोदराज जोशीको नेतृत्वमा प्यानल बनाएर प्रतिस्पर्धामा उतारेको छ ।

नेविसंघले आरआर क्याम्पसको निर्वाचनमा विनोदराज जोशीलाई सभापतिको टिकट दिएको छ । विनोदराज जोशीको प्यानलबाट सचिवमा अञ्जान बस्नेत र कोषाध्यक्षमा शारदा पौडेल ‘सीमा’ले उम्मेदवारी दिएकी छिन् । चैत ५ गते स्ववियु निर्वाचन हुन लागेको छ ।

प्रत्यक्षतर्फका सदस्य पदमा हिमेन्द्रनाथ शर्मा ‘विशाल’, शेखर रोकाया, प्रेरणा शाही, लोकेश बुढा, विशाल पौडेल उपाध्याय, वशन्त थिङ्ग र रविनराज खत्री रहेका छन् ।

एमाले निकटको अनेरास्ववियुले आरआर क्याम्पसमा आफ्तो बिर्ता ठान्दै आएको छ । अनेरास्ववियुको बिर्तालाई नेविसंघले भत्काउने गरि विनोदराज जोशीको प्यानल चुनावी प्रतिस्पर्धामा उतारेको छ ।

Published : Sunday, 2025 March 16, 9:15 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया