नेपाल कमर्स क्याम्पस, मीनभवनमा नेविसंघबाट रविन वलीको प्यानल प्रतिस्पर्धामा

काठमाडौं । नेपाल विद्यार्थी संघ (नेविसंघ)ले नेपाल कमर्स क्याम्पस, मीनभवन, काठमाडौंमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका लागि रविन वलीको नेतृत्वमा प्यालन बनाएर प्रतिस्पर्धामा उतारेको छ ।

रविन वलीले सभापति पदमा उम्मेदवारी दिएका छन्् । वलीको प्यानलबाट सचिवमा ज्ञानु दाहाल र कोषाध्यक्षमा सुशील खड्काले मनोनयन दर्ता गराएका छन् । चैत ५ गते स्ववियुको निर्वाचन हुन लागेको छ ।

सदस्यहरूमा रंघीरकुमार मिश्र, विभव पोखरेल, मीराकुमारी थापा, निशान्त तिम्सिना, मनीषा श्रेष्ठ, सुजित महासेठ र सोनुकुमार राय यादवले मनोनयन दर्ता गराएका छन् ।

Published : Sunday, 2025 March 16, 9:27 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया