अमृत साईन्स क्याम्पसमा नेविसंघबाट राजु मास्टरको प्यानल, स्ववियुमा जितेर कमाल देखाउने

काठमाडौं । नेपाल विद्यार्थी संघ (नेविसंघ)ले काठमाडौंको ठमेलस्थित अमृत साईन्स क्याम्पस (अस्कल)को स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचनमा राजु मास्टर लामिछानेको प्यानललाई प्रतिस्पर्धामा उतारेको छ ।

नेविसंघले राजु मास्टर लामिछानेलाई सभापतिमा उम्मेदवार बनाएको छ । राजुले चैत ५ गते हुन लागेको स्ववियु निर्वाचनका लागि आफ्नो नेतृत्वमा प्यानल बनाएर मनोनयन दर्ता गराएका हुन् ।

राजुको प्यानलबाट सचिवमा प्रशान्त भट्ट र कोषाध्यक्षमा सविता महर्जनले मनोनयन दर्ता गराएका छन् । स्ववियु विर्नचन चैत ५ गते हुन लागेको छ ।

खुला सदस्यतर्फ सुयोग श्रेष्ठ, सुजन पोखरेल, दीयास्का पाण्डे, आयुष ठकुरी, सुमन भट्ट, रमेश पौडेल र सन्तोष खड्का प्रतिस्पर्धामा छन् ।

समानुपातिक सदस्यतर्फ समिर खरेल, सन्दीप भट्ट, समिर कोइराला, दीक्षा वली, निरज भेटुवाल, प्रितिका न्यौपाने, हिमान्सी गैरे, निरजकुमार शाह र अंकित पोखरेल प्रतिस्पर्धामा रहेको नेविसंघले जनाएको छ ।

Published : Sunday, 2025 March 16, 9:53 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया