यी हुन् अराजक कम्युनिस्ट मन्त्री, तिहार आउँदै गर्दा दशा बिग्रियो

काठमाडौं । तत्कालीन समयमा काठमाडौं महानगरपालिकाकी महिला कर्मचारीलाई नगरकोट घुम्न जाने प्रस्ताव राखेर यौन दुर्व्यवहार गरेको अभियोगमा विवादमा आएका प्रदेश ३ सरकारका भौतिक पूर्वाधारमन्त्री केशव स्थापितले मुख्यमन्त्री डोरमणि पौडेलसँग पङ्गा लिएका छन् ।

मुख्यमन्त्री पौडेलसँग पटक पटक अभद्र शैलीमा प्रस्तुत भएपछि हटाउने प्रक्रिया शुरु भएको हो । स्थापितले मन्त्रीको जिम्मेवारी पूरा नगरेको तथा मुख्यमन्त्रीलाई पटक–पटक अपमान गरेको आरोप लागेको छ ।

बुधबारको मन्त्रिपरिषद् बैठकमा मन्त्री स्थापितले मुख्यमन्त्री पौडेलसँग अभद्र शैलीमा प्रस्तुत भएको स्रोतले जनाएको छ । स्थापितको कार्यशैली र अहँकारबाट आजित बनेका पौडेलले प्रधानमन्त्री एवम् नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष केपी ओलीसँग मन्त्री स्थापितलाई हटाउनेबारेमा परामर्श गरेको स्रोतले जनाएको छ ।

स्थापितको कार्यशैली असन्तुलित र असामान्य देखिदै आएको छ । मन्त्रिपरिषद बैठकमा स्थापित अभद्र ढंगले प्रस्तुत भएपछि टेबुल ठोकाठोक समेत भएको एक मन्त्रीले बताए ।

‘मी टू’ अभियानअन्तर्गत काठमाडौं महानगरपालिकाकी पूर्वकर्मचारीबाट यौनदुर्व्यवहारको आरोप खेपिरहेका स्थापितले मन्त्रिपरिषद् बैठकमै अभद्र र अशिष्ट व्यवहार गरेपछि उनको पद संकटमा परेको छ । तिहार नजिकिएका बेला मन्त्री स्थापितको पद नै धरापमा परेपछि उनी चिन्तामा डुबेका छन् ।

Published : Thursday, 2018 November 1, 7:45 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया