नेविसंघबाट पीके कलेजमा पूर्णिमायाको प्यानलको नामावली र नारा सार्वजनिक

काठमाडौं । पद्म कन्या बहुमुखी क्याम्पस (पीके कलेज), बागबजार, काठमाडौंको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचनमा नेपाल विद्यार्थी संघ (नेविसंघ)बाट पूर्णिमाया परियारको नेतृत्वको प्यानल प्रतिस्पर्धामा उत्रिएको छ ।
नेविसंघका अनुसार पूर्णिमाया परियारलाई सभापतिको उम्मेदवार बनाइएको छ । पूर्णिमाया परियारको प्यानलबाट सचिवमा विपना न्यौपाने र कोषाध्यक्षमा चाँदनी शाहले उम्मेदवारी दिएका छन् ।
सदस्यहरूमा अञ्जली श्रेष्ठ, तृष्णा बुढाथोकी, निष्ठा न्यौपाने, प्रतीक्षा महरा क्षेत्री, निकिता खड्का, पार्वती बानियाँ, स्नेहा सुमन झा र शिखा शाह रहेका छन् ।
स्ववियु सभापतिमा उम्मेदवार बनेकी पूर्णिमाया परियार नेविसंघको ईकाइ अध्यक्ष पनि हुन् । उनी पीके कलेजमा लोकप्रिय विद्यार्थी नेतृ मानिन्छिन् ।
स्ववियु निर्वाचनमा प्रतिस्पर्धामा उत्रिएको पूर्णिमाया परियारको प्यानलले ‘निःशुल्क शिक्षा र दिगो रोजगार हाम्रो अठोट, राम्रो नेतृत्व निर्णयको लागि नेविसंघलाई भोट’ भन्ने नारा अगाडि सारेको छ ।
नेविसंघको समानुपातिक सदस्यहरूमा सुप्रिया निरौला, रोजिना विष्ट, रिया बस्नेत, स्मृति सुवेदी, हृदया मल्ल, पूर्णिमा पोखरेल, दीपशिखा सिंह, सिन्ड्रेला परियार, सोनु श्रेष्ठ र सुमिरा पौडेल रहेका छन् ।



बिचार/ब्लग

स्ववियु निर्वाचन र स्ववियुमा विद्यार्थी संगठनको महत्व
रोशनराज ढाहाल
सरकार ढल्छ भन्ने हल्ला चलेका बेला कांग्रेसको ९ निर्णय सार्वजनिक
श्यामकुमार घिमिरे, प्रमुख सचेतक, कांग्रेस
फेसबुकबाट तपाईको प्रतिक्रिया