रामपुर र निष्दीका परीक्षा केन्द्रका केन्द्राध्यक्षहरूसँग प्रहरीद्वारा परामर्श

रामपुर । इलाका प्रहरी कार्यालय, रामपुर, पाल्पाले कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसईई)को तयारी र सञ्चालनका विषयमा परामर्श गरेको छ ।
सोमबार इलाका प्रहरी कार्यालय रामपुरमा प्रहरी निरीक्षक (ईन्स्पेक्टर) रामबहादुर नेपालीले रामपुर नगरपालिका र निष्दी गाउँपालिका अन्तर्गतका परीक्षा केन्द्रका केन्द्राध्यक्षहरूसँग परामर्श गरेका हुन् । चैत ७ देखि १९ गतेसम्म सञ्चालन हुने एसईई परीक्षालाई शान्तिपूर्ण र मर्यादित रुपमा सम्पन्न गर्ने सहमति भएको ईन्स्पेक्टर नेपालीले बताए ।
‘माध्यमिक शिक्षा परीक्षा (एसईई) कक्षा १० को लागि रामपुर नगरपालिका र निष्दी गाउँपालिकाअन्तर्गत पर्ने परीक्षा केन्द्रका केन्द्राअध्यक्षहरूसँग परीक्षा शान्तिपूर्ण वातावरणमा सञ्चालन गर्ने विषयमा अन्तर्क्रिया भएको छ ।’
बिचार/ब्लग

स्ववियु निर्वाचन र स्ववियुमा विद्यार्थी संगठनको महत्व
रोशनराज ढाहाल
सरकार ढल्छ भन्ने हल्ला चलेका बेला कांग्रेसको ९ निर्णय सार्वजनिक
श्यामकुमार घिमिरे, प्रमुख सचेतक, कांग्रेस
फेसबुकबाट तपाईको प्रतिक्रिया