सरकारद्वारा थापालाई आईजीपीमा नियुक्त

काठमाडौं । सरकारले नेपाल प्रहरीको प्रहरी महानिरीक्षक (आईजीपी) दीपक थापालाई नियुक्त गर्ने निर्णय गरेको छ ।

सोमबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद बैठकले थापालाई आईजीपीमा नियुक्त गर्ने निर्णय गरेको सञ्चार, सूचना तथा प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले बताएका छन् ।

आईजीपीमा थापाको कार्यकाल ६ महिनाको हुनेछ । आईजीपी बनेका थापालाई नेपाली कांग्रेसको बलियो साथ र समर्थन रहेको छ ।

थापा ३१औं आईजीपीमा नियुक्त भएका हुन् । नयाँ आईजीपीका लागि ३ जना एआईजी प्रतिस्पर्धामा थिए । थापा, राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका प्रमुख सुदीप गिरी र काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख टेकबहादुर तामाङ आईजीपीको दौडमा थिए ।

नयाँ प्रहरी महानिरीक्षकको कार्यकाल २०८२ भदौ १८ सम्म करिब ६ महिना मात्र रहनेछ । थापा ज्येष्ठता, कार्यदक्षता र कार्यसम्पादनको आधारमा गिरी र तामाङभन्दा अगाडि थिए ।

Published : Monday, 2025 March 17, 8:12 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया