प्रधानमन्त्री ओलीद्वारा एमालेका शीर्ष नेताहरूसँग लामो परामर्श

काठमाडौं । प्रधानमन्त्री समेत रहेका एमालेका अध्यक्ष केपी ओलीले आफ्नो पार्टीका शीर्ष नेताहरूसँग परामर्श गरेका छन् ।
बालुवाटारमा शुक्रबार राति प्रधानमन्त्री ओलीले एमालेका नेताहरूसँग छलफल गरेको स्रोतले जनाएको छ । छलफलमा के विषयमा कुराकानी भएको हो केही भनिएको छैन ।
प्रधानमन्त्री ओलीसँगको छलफलमा उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल, एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष रामबहादुर थापा, उपाध्यक्ष गुरु बराल, अष्टलक्ष्मी शाक्य र युवराज ज्ञवाली तथा महासचिव शंकर पोखरेलबीच गम्भीर छलफल भएको थियो ।
एमालेका एक नेताले रिक्त रहेका संवैधानिक, राजनीतिक लगायतका उच्च पदहरूमा नियुक्तिका विषयमा छलफल भएको हुन सक्ने बुझिएको छ ।
Published : Tuesday, 2025 March 18, 12:38 pm
बिचार/ब्लग

स्ववियु निर्वाचन र स्ववियुमा विद्यार्थी संगठनको महत्व
रोशनराज ढाहाल
सरकार ढल्छ भन्ने हल्ला चलेका बेला कांग्रेसको ९ निर्णय सार्वजनिक
श्यामकुमार घिमिरे, प्रमुख सचेतक, कांग्रेस
फेसबुकबाट तपाईको प्रतिक्रिया