कांग्रेसले सबै बैगुन भुल्यो, चारतारे झण्डाको छहारीमा पुगिन् रेणु

भरतपुर । नेपाली कांग्रेस चितवनले आयोजना गरेको चियापान कार्यक्रम तथा शुभकामना आदानप्रदान कार्यक्रममा भाग लिन पुष्पकमल दाहाल ‘प्रचण्ड’की छोरी एवम् भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहाल पुगेकी छिन् ।

कांग्रेसले रेणु दाहाललाई पनि निम्तो पठाएको थियो । कांग्रेसको निम्तो स्वीकार गरेर रेणु समयमा नै कार्यक्रममा पुगेकी थिइन् । हुन त कांग्रेसले जिल्लाको सबै राजनीतिक दलसहित सामान्य व्यक्तिहरूलाई पनि चियापान कार्यक्रममा निम्तो दिएको छ ।

नेपाली कांग्रेसको भोटले मेयरमा विजयी भएकी रेणुलाई जिताउन कांग्रेसले ठूलो योगदान दिएको छ । रेणु चियापान कार्यक्रम आउँदा कांग्रेसका कार्यकर्ताले ताली बजाएर स्वागत गरेका थिए । रेणुलाई चितवन कांग्रेसले मञ्चमा लगेर बसालेको थियो ।

तर, रेणुले कांग्रेसको गुणलाई भुल्दै गएको चितवन कांग्रेसले आरोप लगाउन थालेका छन् ।

Published : Friday, 2018 November 2, 1:42 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया