कांग्रेसले चियापान गरेकै दिन कम्युनिस्टहरुको घरभित्र ठूलो झगडा

काठमाडौं । बर्खास्तमा परेका प्रदेश ३ का भौतिक पूर्वाधार तथा विकासमन्त्री केशव स्थापितले आफूलाई मन्त्री पदबाट हटाएका बारेमा आफ्नो कुनै प्रतिक्रिया नरहेको प्रतिक्रिया दिएका छन् ।

मुख्यमन्त्री डोरमणि पौडेललाई मन्त्री हटाउने हटाउने अधिकार रहेको बताए । ‘मन्त्रीलाई हटाउने अधिकार मख्यमन्त्रीमा छ । यसमा मलाई भन्नु केही छैन’, उनले भने, ‘मेरो प्रतिक्रिया केही छैन । तपाईले फोन गर्दासम्म मलाई मन्त्रीबाट बर्खास्त गरेको जानकारी आएको छैन ।’

स्थापितले जनताले आफूलाई न्याय दिने बताए । उनले भने, ‘म जनताको काम गर्ने व्यक्ति हो । पदमा बसेर मात्रै हुँदैन ।’

प्रदेश ३ को क्याबिनेट बैठकमा मुख्यमन्त्रीसँग आफ्नो भनाभन भएको स्थापितले स्वीकार गरे । ‘उहाँले शून्य प्रतिशत पनि काम भएन भन्नुभयो’, उनले भने, ‘मैले काम गरेको छु भने । कर्मचारी छैनन् भने । यसैलाई उहाँले इगो बनाउनु भयो ।’

तपाईले त मुख्यमन्त्री पौडेललाई हटाउन थाल्नुभएको थियो रे हो ? भन्ने प्रश्नको जवाफ स्थापितले भने, ‘उहाँलाई हटाउने आरोपमा कुनै सत्यता छैन । जिल्ला घुमेर विकासको कुरा गरेको हुँ । बरु मुख्यमन्त्रीले प्रदेश ३ को राजधानी हेटौँडाबाट सार्न हुँदैन भन्नुभएको छ । यसमा मेरो विमती छ ।’

प्रदेश ३ को राजधानी हेटौँडा हुनुहुँदैन भनेर आफूले बारम्बार भन्ने गरेको उनको भनाइ छ । उनले मुख्यमन्त्रीसँग कुनै पनि गुनासो नरहेको प्रतिक्रिया दिए ।

तत्कालीन एमालेबाट प्रदेश सभामा काठमाडौंबाट निर्वाचित स्थापित विभिन्न विवादमा पर्दै आएका थिए ।

मुख्यमन्त्री पौडेलले स्थापित संविधानको धारा १६९ को उपाधार २ को खण्ड ख अनुसार स्थापितलाई बर्खास्त गरी उनको मन्त्रालयको जिम्मेवारी पनि आफैँले लिएका पौडेलका स्वकीय सचिव अनुप पौडेलले जानकारी दिए ।

कांग्रेसले देशभरि चियापान कार्यक्रम गरिरहेका बेला प्रदेश ३ को कम्युनिस्ट सरकारभित्रको विवादले गर्दा मन्त्रीकै पद खुस्किएको छ ।

Published : Friday, 2018 November 2, 6:22 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया