कांग्रेसद्धारा आन्दोलनको घोषणा, कम्युनिस्ट सरकारलाई घुँडा टेकाइ छाड्ने

सर्लाही । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का कार्यकर्ताले गोली हानेर कांग्रेसका रामविलास महतोको हत्या गरेको विरोधमा नेपाली कांग्रेस सर्लाहीले आन्दोलनका कार्यक्रम घोषणा गरेको छ ।

मंगलबार ५५ वर्षीय महतोको नेकपा कार्यकर्ताले गोली हानेर हत्या गरेका थिए । शुक्रबार नेपाली कांग्रेस जिल्ला कार्यसमितिले प्रेस प्रेसविज्ञप्ति जारी गरेर आन्दोलनका कार्यक्रम घोषणा गरेको हो ।

कांग्रेसले सर्लाहीका सम्पूर्ण नगरपालिका र गाँउपालिकामा शनिबार बेलुकी मसाल जुलुस गर्ने, १८ गते आइतबार बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म पूरै जिल्ला बन्द गर्ने तथा बिहान ११ बजे नवलपुरमा १ घण्टासम्म राजमार्ग बन्दगरी चक्का जाम गर्ने लगायतका आन्दोलनका कार्यक्रम छन् ।

नेपाली कांग्रेस क्षेत्र नं. ४ बाट निर्वाचित सांसद डा.अमरेश कुमार सिंहले दोषीलाई कारबाही गर्न स्थानीय प्रशासन र प्रहरीले चासो नदिएपछि बाध्य भएर आन्दोलन घोषण गर्नुपरेको बताए । उनले दोषीलाई तत्काल पक्राउ गरी कारबाही गर्नुपर्ने माग गरे । उनले माग पूरा नहुँदासम्म रामविलास महतोको शव आफन्तले नउठाउने बताए ।

कांग्रेसले रामविलास महतोलाई सहिद घोषणा गर्नुपर्ने, उचित क्षतिपूर्ति दिनुपर्ने, दोषीलाई पक्राउ गरी कार्वाही गर्नुपर्ने माग शुरुवाती दिनदेखि उठाउँदै आएको छ ।

रामनगर गाँउपालिका ४ पूरै सुनसान भएको छ । नेकपाका कार्यकर्ता तथा स्थानीयवासी डरले घर छाडेर अन्यत्र गएको स्थानीयहरुले बताएका छन् । जुनसुकै बेला झडप हुने डरले नेकपाको कार्यकर्ताहरु तथा स्थानीय भागेको नेकपाका नेता शिवपुजन रायले बताएका छन् ।

घटनाबारे जिल्ला प्रहरी कार्यालयममा बुझदा दोषीलाई खोजतलास गरीरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपीरक्षक पोषराज पोखरेलले बताएका छन् ।

Published : Friday, 2018 November 2, 8:07 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया