कम्युनिस्ट सरकारले रगतमा पनि चर्को मूल्य वृद्धि गर्‍यो

काठमाडौं । दुई तिहाईको कम्युनिस्ट सरकारले जनतालाई राहत दिनेछ भनेर आश गरेका जनतालाई तिहारको मुखमा रगत (ब्लड)को मूल्य बढाएर चकित बनाएको छ ।

सरकारले मूल्य वृद्धि नियन्त्रण गर्न नसकेको भनेर आलोचना भइरहेका बेला बिरामीका लागि प्रयोग हुने रगतमा चर्को मूल्य वृद्धि गरेको हो । ब्लड बैंकले रगतमा प्रतियुनिट एक सय रुपियाँ मूल्य वृद्धि गरेको सूचना बिहीबार टाँसेको छ ।

ब्लड बैंकले प्रतियुनिट रगतमा सय रुपियाँ मूल्यवृद्धि गरेपछि रगत लिन पुगेका बिरामीका आफन्तहरूले आक्रोश पोखेका थिए ।

केन्द्रीय रक्तसञ्चार सेवाकी निर्देशक डा.मनीता राजकर्णीकारले बिहीबार ब्लड बैंकमा टाँसेको सूचनामा केन्द्रीय रक्तसञ्चार सेवाबाट रगत र रक्ततत्व उपलब्ध गराउनेक्रममा हाललाई रक्तसंकलन रिफ्रेसमेन्ट तथा अन्य खर्च व्यवस्थापनका लागि नेपाल सरकार राष्ट्रिय रक्तसञ्चार ब्युरोको निर्णयअनुसार प्रतियुनिट थप सय रुपैयाँ लिने व्यवस्था गरेको उल्लेख छ ।

मूल्य वृद्धि गरे पनि बिरामीका आफन्तले सहज रुपमा रगत पाउन सकेका छैनन् । ब्लड बैंकका रगतका लागि दिनमा १ सयभन्दा धेरैको फोन आउने गरेको छ ।

दशैँ तिहारका कारण राजधानीमा रगतको अभाव भएको जनाइएको छ । रगत अभाव हुँदा दुर्घटनाका घाइते, नियमित शल्यक्रिया गर्नुपर्ने बिरामी, डेंगु संक्रमित र सुत्केरीका आफन्तलाई समस्या परेको छ ।

केन्द्रीय रक्तसञ्चार सेवा (ब्लड बैंक)ले मागअनुसार रगत संकलन हुन नसकेको जनाएको छ ।

केन्द्रीय रक्तसञ्चार सेवाकी निर्देशक डा.राजकर्णीकारले रक्तदान कार्यक्रम भएपनि स्थगित हुने गरेको बताइन् । निर्धाति रक्तदान कार्यक्रम हुन नसकेकाले पनि रगत अभाव भएको हो ।

डा.राजकर्णीकारका अनुसार अहिले रगतको माग दैनिक ३ सयदेखि ३ सय ५० प्रिन्ट छ । तर, संकलन सोअनुसार हुन सकेको छैन ।

Published : Saturday, 2018 November 3, 9:53 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया