तरुण दल नवलपरासीद्वारा स्ववियु निर्वाचनमा निर्वाचित पदाधिकारीहरूको सम्मानमा वनभोज कार्यक्रम

बर्दघाट । नेपाल तरुण दल नवलपरासीले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा नेपाल विद्यार्थी संघ (नेविसंघ)बाट निर्वाचन अध्यक्ष, पदाधिकारी र सदस्यहरूको सम्मानमा वनभोज कार्यक्रम आयोजना गरेको छ ।
बुधबार नवलपरासीमा तरुण दलले नेविसंघबाट निर्वाचन स्ववियु सभापति, पदाधिकारी र सदस्यहरूको स्वागत तथा सम्मान पनि गरिएको तरुण अध्यक्ष शुक गुरुङले बताए । उनले भने, ‘नवलपरासी जिल्लाका ३ वटा क्याम्पसमा सम्पन्न स्ववियु निर्वाचनमा नेविसंघले जित हासिल गरेको छ । निर्वाचित सभापति, पदाधिकारी र सदस्यहरूको सम्मान तथा स्वागतमा वनभोज कार्यक्रम गरिएको छ ।
दीव्य ज्योति क्याम्पसका स्ववियु सभापति शशि बि.क., पाल्ही बहुमुखी क्याम्पसका स्ववियु सभापति निरजप्रसाद धवल र त्रिभुवन बहुमुखी क्याम्पसका स्ववियु सभपाति अदित्य पाललाई स्वागत र सम्मान गरिएको तरुण अध्यक्ष गुरुङले बताएका छन् ।
नेपाल तरुण दलका केन्द्रीय सदस्य माधव चापागाईं प्रमुख अतिथ्यतामा कार्यक्रम भएको थियो । वनभोजमा तरुण दलका केन्द्रीय सदस्य करिमदीन शेख, नेबिसंघका केन्द्रीय सदस्य गणेश भट्टराई, नेबिसंघ नवलपरासीका जिल्ला अध्यक्ष कमला बस्याल, नेपाल लोकतान्त्रिक खेलकुद संघ नवलपरासीका जिल्ला अध्यक्ष दीपक थापाको पनि उपस्थिति रहेको थियो ।



बिचार/ब्लग

नेपाल यिनीहरूले तर्क गरे जस्तो खराब छैन
दिलनिशानी मगर
कांग्रेसको कार्यसम्पादन समितिको निर्णयहरू
शेरबहादुर देउवा
फेसबुकबाट तपाईको प्रतिक्रिया