सहकारी ठगका अभियुक्त लामिछाने योजना तुहियो, अर्याल र वाग्लेका कारण जोखिम उस्तै

काठमाडौं । सहकारी ठगीका अभियुक्त राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई सांसद पद फुकुवा गरेर राष्ट्रिय राजनीतिमा सक्रिय हुन मन लागेको छ ।
सहकारीको करोडौं रकम अपचलन, ठगी र दुरुपयोग गरेको अभियोगमा प्रहरीले लामिछानेविरुद्ध कास्की, रुपन्देही, चितवन र काठमाडौंमा जिल्ला अदालतमा मुद्धा दर्ता गराएको छ । लामिछानेलाई १५÷१५ दिनमा तारिख लिनुपर्छ ।
सहकारी ठगी काण्डमा पक्राउ परेपछि लामिछाने पुसदेखि सांसद पदबाट निलम्बनमा छन् । लामिछानेले सांसद पद फुकुवा गराउन विभिन्न दाउपेचहरू गरेका छन् । कानूनको व्याख्या पनि आफू अनुकूल गरेका छन् । तर, लामिछानेको सांसद पदको फुकुवा तत्काल हुने सम्भावना छैन ।
चैत १५ गते पूर्वराजा ज्ञानेन्द्र शाहका समर्थक र मतियारहरूले तीनकुनेमा हिंसात्मक प्रदर्शन, लुटपाट र डकैती गरेको घटनाको तीन दिनपछि पार्टी केन्द्रीय कार्यालय बालाजुमा कार्यकर्तालाई सम्बोधन गरेर लामिछाने पार्टी नेतृत्वमा फर्किएका छन् । मुद्दाको किनारा नलाग्दै लामिछानेले रास्वपाको नेतृत्व सम्हालेका छन् । विगतमा अन्य दलहरूलाई कुनै आक्षेप लाग्दा घाँटी फुट्ने गरेर आलोचना गर्ने लामिछाने आफूविरुद्ध चार वटा अदालतमा सहकारी ठगीमा मुद्धा चल्दा समेत सांसद फुकुवाको माग गरेर सभामुख देवराज घिमिरेलाई भेट गरेका छन् । रास्वपाका नेताहरूलाई साथमा लिएर गएर लामिछानेले सांसद पदबाट फुकुवा गर्न माग गरेका छन् ।
सहकारी ठगीको आरोपमा कात्तिक २ गते पक्राउ परेका लामिछानेविरूद्ध संगठित अपराध र सम्पत्ति शुद्धीकरणमा पनि मुद्दा दर्ता भएसँगै पुस ८ गतेदेखि लामिछानेको सांसद पद निलम्बनमा छ ।
धरौटीमा छुटेलगत्तै लामिछाने र उनको रास्वपाले सांसद पदबाट निलम्बन फुकुवाको माग गर्दै आइरहेको छ ।
मंगलबार लामिछानेसहित रास्वपाका नेताहरूले सभामुख देवराज घिमिरेलाई भेटेर निलम्बन फुकुवा गरिदिन आग्रह गरेका छन् । यसअघि गत माग १८ गते पनि लामिछानेले सभामुख घिमिरेलाई आफ्नो सांसद पद निलम्बन फुकुवा गरिदिन आग्रह गरेका थिए ।
सभामुख घिमिरेसँगको भेटमा लामिछानेले आफूमाथि प्रतिशोध साँधिएको बताउँदै ढोकामा टेकाइएको मुद्दाका आधारमा सांसद पद निलम्बन गर्न नमिल्ने कुर्तक गरेका छन । कानून सबैलाई लाग्छ । कानूनभन्दा लामिछाने छैनन् । सहकारी ठगका अभियुक्तलाई छुट दिने कुनै कानूनमा उल्लेख छैन ।
रास्वपा सांसद सोबिता गौतमले संसदीय सर्वोच्चताको विषय भएकाले पनि न्यायका लागि अन्यत्र नगएको विषय सभामुख घिमिरेसमक्ष राखेक िछिन् । शक्ति पृथकीकरणको सिद्धान्तअनुसार सभामुखले सांसदको निलम्बन फुकुवा गर्न मिल्ने सांसद गौतमको धारणा थियो ।
जवाफमा सभामुख घिमिरेले लामिछानेको सांसद पद निलम्बन फुकुवा गर्न आफूले नमिल्ने बताएका छन् ।
लामिछानेको सांसद पद सभामुख घिमिरेले निलम्बन गर्ने होइन । सभामुख घिमिरेले सूचना टाँसेर लामिछाने निलम्बनमा परेको जानकारी मात्रै गराएका हुन् ।
सभामुख घिमिरेले संसद नियमावलीभन्दा बाहिरका अन्य कानूनका कारण लामिछानेको पद निलम्बनमा परेको बताएका छन् ।
संसद नियमावलीका आधारमा निलम्बित नभएका कारण फुकुवा गर्न पनि आफूले नमिल्ने जवाफ सभामुख घिमिरेले सभापति लामिछानेलाई दिएका छन् ।
लामिछानेको निलम्बन फुकुवा गरे अदालतको अवहेलना हुने सभामुख घिमिरेले रास्वपाका नेताहरूलाई गतिलो जवाफ दिएका छन् ।
सभामुख घिमिरेको जवाफपछि रास्वपाका सभापति लामिछाने तनाबमा परेका छन् । राजनीतिमा लयमा फर्किने प्रयासमा रहेका लामिछानेले पार्टी कार्यालयमा ६ महिनापछि कार्यकर्तालाई सम्बोधन गर्ने क्रममा सरकारविरुद्ध धावा बोलेका छन् । नेपाली कांग्रेस, एमालेका नेताहरूविरुद्ध आक्रोश पोखेका छन् । लामिछानेमा सुधार आएको छैन भन्ने संकेत सम्बोधनका क्रममा दिएको अभिव्यक्तिदे स्पष्ट देखाएको थियो ।
लामिछानेले सहकारी ठगीको मुद्दामा चार वटा जिल्ला अदालतमा पुगेर तारिख लिने र मुद्दाको जवाफ पेश गर्दा आफूलाई कस्तो भएको होला भनेर पीडा पनि पोखेका छन् । अभियोग लागेपछि र गल्ती गरेपछि तनाब त हुन्छ नै । दोषी ठहर भएमा जेल पनि बस्नुपर्छ ।
रास्वपाका दुई उपसभापति डोलप्रसाद अर्याल र स्वर्णिम वाग्लेबीच शीतयुद्ध छ । उनीहरूका कारण रास्वपा विभाजन हुन सक्ने सम्भावना पनि छ । पार्टी विभाजनको जोखिम न्युनिकरणका लागि लामिछानेले रास्वपाको नेतृत्व सम्हालेका हुन् ।
बिचार/ब्लग

नेपाल यिनीहरूले तर्क गरे जस्तो खराब छैन
दिलनिशानी मगर
कांग्रेसको कार्यसम्पादन समितिको निर्णयहरू
शेरबहादुर देउवा
फेसबुकबाट तपाईको प्रतिक्रिया