यी हुन् घोराही घर भएका लागुऔषध कारोबारी

काठमाडौं । मकवानपुर, ललितपुर र बाँकेबाट अवैध लागूऔषध सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

बाँकेको नेपालगञ्ज उपमहानगरपालिका १५ स्थित जमुनाह चेक प्वाईन्टबाट दाङ घोराही उपमहानगरपालिका १४ मिलनचोक बस्ने १९ वर्षीय गोबिन्दकुमार चन्द ब्राउन सुगरसहित पक्राउ गरेका छन् । उनलाई करीव ४ ग्राम अवैध लागूऔषध ब्राउनसुगर सहित बिहीबार साँझ प्रहरीले पक्राउ गरेको जनाएको छ ।

जमुनाहबाट खटिएको टोलीले जाँच गर्ने क्रममा भारतको रुपैडियाबाट नेपालगञ्जतर्फ आउँदै गरेका चन्दलाई लागूऔषध सहित फेला पारी पक्राउ गरेको थियो ।

यता, मकवानपुरको कैलाश गाउँपालिका ४ बेउतिसबाट सोही ठाउँ बस्ने ४० वर्षीय रामबहादुर तामाङलाई १ सय २० किलो लागूऔषध गाँजा सहित बिहीबार राति प्रहरीले पक्राउ गरेको छ ।

उता, ललितपुरको हरिसिद्धिमा सप्तरीको राजबिराजबाट आएको बा.३ ख ९५३० नम्बरको माइक्रोबसबाट लागूऔषध डाईजोपाम २ एमएलको १ सय थान, फेनारगन २ एमएलको १ सय थान, नुर्फिन २ एमएलको १ सय थान, डाइलेक्स २ एमएलको १ सय १३ बोतल र नाईट्रोजोपाम ५० थान बिहीबार साँझ प्रहरीले बरामद गरेको छ ।

कोटेश्वर चोकमा यात्रु ओराले पश्चात गाडीधनी तथा चालकले माईक्रोबसमा उक्त लागूऔषध फेला परेको महानगरीय प्रहरी वृत्त सातदोबाटोलाई जानकारी गराए पश्चात उक्त लागूऔषध प्रहरीले बरामद गरेको हो ।

Published : Saturday, 2018 November 3, 4:12 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया