बौद्धबाट सुरेश माक पक्राउ

काठमाडौं । नेपाल प्रहरीको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुले २८ वर्षीय सुरेश माकलाई पक्राउ गरेको छ ।

सुरेशलाई प्रहरीले मंगलबार काठमाडौंबाट पक्राउ गरेको जनाएको छ । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी सर्बिया पठाइदिन्छु भन्दै सुरेशले रकम ठगी गरेको अभियोग लागेको छ ।

काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–४ बस्ने भक्तपुर नगरपालिका–५ घर भएका सुरेशलाई प्रहरीले पक्राउ गरेको छ ।

सुरेशले सर्बिया पठाइदिन्छु भन्दै ५ जना पीडितहरूबाट ३२ लाख रूपियाँ लिई सम्पर्कबिहीन भएका थिए । पीडितहरूको उजुरीको आधारमा टेकुबाट खटिएको प्रहरीले सुरेशलाई काठमाडौंको बौद्धबाट पक्राउ गरेको हो ।

सुरेशलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

Published : Thursday, 2025 April 3, 5:07 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया