ईदगाह, कबरिस्तान कर्बलाहरूको बाउन्ड्री गर्न सरकारसँग माग

काठमाडौं । नेपाली कांग्रेसका नेता डा.अबुल हुसैन अन्सारीले ईदगाह कबरिस्तान कर्बलाहरूको तारबार, घेरा, बाउन्ड्रीको माग गरेका छन् ।
बिहीबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीलाई सिंहदरबारमा भेट गरी डा.अन्सारीले आवश्यक बजेट विनियोजन गरी संरक्षणको लागि सरकाको ध्यानाकर्षण गराएका हुन् । उनले मन्त्रीलाई ज्ञापन पत्र समेत बुझाएका छन् ।
जीर्ण भौतिक संरचना रहेको मस्जिद मदरसा मुसाफिरखानाहरूको तथ्याङ्क संकलन गरी मर्मत सम्भारमा यथाशीघ्र सरकारको तर्फबाट प्रभावकारी पहल गर्न आवश्यक रहेको उनले बताए । नदी किनार क्षेत्रमा रहेका धेरै ईदगाह, कब्रिस्तान, कर्बलाहरूको जग्गा अतिक्रमण र कटानमा पर्दै गएका कारण संरक्षण गर्ने उचित कदम चाल्नुको साथै नेपाल सरकारले मुस्लिम समुदायको सांकृतिक धरोहरहरूको संरक्षण सम्वर्धन गर्ने विषय शीर्षकहरूमा प्राथमिकताका साथ बजेट विनियोजन गर्न डा.अन्सारीले माग गरेका छन् ।
‘मुस्लिम समुदायको सांस्कृतिक धरोहरहरूको अवस्था पहिचान गर्न अध्ययन अनुसन्धान र तथ्याङ्कहरूको संकलन गर्दै महत्वका साथ त्यसको परम्परागत ज्ञानको जगेर्ना गर्दै एतिहासिक पुँजीको रुपमा सम्वर्धन गर्न हाम्रो माँग छ’, उनले भने ।
डा.अन्सारीले उपत्यकाभित्र मुस्लिम समुदायको सामुदायिक समाधि स्थल नभएकोले निकै समस्या भोग्नु परिरहेको बताएका छन् । जग्गाहरू अत्यन्त कम रहेको भन्दै उनले उपत्यकाभरि निजी जग्गाहरूको दान दिएर बनाइएको स्वयम्भुस्थित समाधिस्थल कब्रिस्तानको जग्गा एकदमै कम रहेको बताए ।
‘नागरिकको मृत्यु पश्चात उसको सदगत उसैको परम्परा रितिरिवाज अनुसार गर्न पाउनु र राज्य त्यसको उचित व्यवस्थापन गर्नु नागरिकको प्राकृतिक अधिकार हो’, उनले भने, ‘सरकारले यसतर्फ गम्भीर भएर मुस्लिम समुदाय लाई पर्याप्त मात्रामा पुगिने कब्रिस्तानको लागि जग्गा उपलब्ध गराई दिनुहुन यो ज्ञापन पत्र पेश गर्दछौं ।
बिचार/ब्लग

नेपाल यिनीहरूले तर्क गरे जस्तो खराब छैन
दिलनिशानी मगर
कांग्रेसको कार्यसम्पादन समितिको निर्णयहरू
शेरबहादुर देउवा
फेसबुकबाट तपाईको प्रतिक्रिया