कांग्रेसका जेष्ठ राजनीतिज्ञ सभाका सदस्य भट्टको निधन

काठमाडौं । नेपाली कांग्रेस जेष्ठ राजनीतिज्ञ सभाका सदस्य ७७ वर्षीय चन्द्रदेव भट्टको निधनप्रति गहिरो दुःख व्यक्त गरेको छ ।
बिहीबार कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलद्वारा जारी शोक वक्तव्यमा भनिएको छ, ‘स्व.चन्द्रदेव भट्टले नेपालको लोकतान्त्रिक आन्दोलनहरूमा सक्रिय भूमिका निर्वाह गर्नु भएको थियो । उहाँको निधनबाट नेपाली कांग्रेसले एक अगज्र व्यक्तित्वलाई गुमाएको छ ।’
स्व.चन्द्रदेव भट्ट गृहमन्त्री रमेश लेखकका स्वकीय सचिव जनक भट्टका बुबा हुन् ।
कांग्रेसका सभापति शेरबहादुर देउवाले पनि स्व.चन्द्रदेव भट्टको निधनप्रति गहिरो दुःख व्यक्त गरेका छन् । भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै देउवाले स्व.भट्टको आत्माको चीर शान्तिको कामना साथै शोक सन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गरेका छन् ।
बिचार/ब्लग

नेपाल यिनीहरूले तर्क गरे जस्तो खराब छैन
दिलनिशानी मगर
कांग्रेसको कार्यसम्पादन समितिको निर्णयहरू
शेरबहादुर देउवा
फेसबुकबाट तपाईको प्रतिक्रिया