२५ करोड काण्ड सेलाउन नपाउँदै ठूलाे रकमसहित चिनियाँ महिला महाबौद्धबाट पक्राउ

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले एकजना चिनियाँ नागरिकलाई हुण्डीको रकमसहित पक्राउ गरेको छ ।

बिहीबार महाबौद्धबाट चिनियाँ नागरिक महिलालाई २० लाख ९२ हजारसहित पक्राउ गरेको जनाएको छ । काठमाडौँ महानगरपालिका वडा नम्बर २७ महाबौद्धबाट चीनको तिब्बत स्थायी घर भई भारतको जोगिन्दर नगर बस्ने २६ वर्षीया महिला रिक्सी वाङ्मोलाई पक्राउ गरिएको काठमाडौं प्रहरी परिसरले जनाएको छ ।

प्रहरी वृत्त जनसेवाबाट खटिएको टोलीले उनको साथबाट २० लाख ९२ हजार रुपियाँ बरामद गरेको छ । उनको साथबाट १ हजार रुपियाँ दरका ११८३ थान, पाँच सय रुपियाँका १८१८ थान र आइफोन कम्पनीको एउटा मोबाइलसमेत बरामद भएको प्रहरीले जनाएको छ ।

चिनियाँ महिलासँग बरामद भएको रकम हुण्डी कारोबारको रहेको प्रहरीले सूचनामार्फत जनाएको छ । हुण्डीको सो रकम चीनतर्फ पठाउने तयारीमा रहेको हुन सक्ने प्रहरीले अनुमान गरेको छ ।

२५ करोड चीनतर्फ माओवादी निकटका तस्करले लैजान लागेको काण्ड सेलाउन नपाउँदै चिनियाँ नागरिक ठूलो रकमसहित पक्राउ परेकी छिन् ।

Published : Thursday, 2025 April 3, 6:42 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया