ज्ञानेन्द्र शाहका मतियार दुर्गा प्रसाईंले भाग्न प्रयोग गरेको गाडी भेटियो

काठमाडौं । विवादास्पद मेडिकल व्यवसायी दुर्गा प्रसाईंले भाग्न प्रयोग गरेको गाडी प्रहरीले नियन्त्रणमा लिएको छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुले गाडीलाई इटहरीबाट काठमाडौं ल्याएको छ । बा ४२०८ नम्बरको स्कारपियो गाडी काठमाडौं ल्याइएको स्रोतले जनाएको छ ।

काठमाडौंबाट प्रसाईंले भाग्न प्रयोग गरेको स्कारपियो गाडीलाई इटहरीबाट बरामद गरेको हो । तीनकुनेमा वितण्डा मच्चाएर भाग्दा प्रसाईंले प्रयोग गरेको गाडी प्रहरीले फेला पारेको जनाएको छ ।

चैत १५ गते पूर्वराजा ज्ञानेन्द्र शाहका समर्थकहरूले गरेको प्रदर्शनका कमाण्डर प्रसाईं थिए । प्रसाईंकै निर्देशन र नेतृत्वमा हिंसा भएको थियो ।

तीनकुने हिंसा गराएर फरार भएका प्रसाईंलाई प्रहरीले खोजी गरिरहेको छ । भाग्न प्रयोग भएको गाडी फेला परे पनि प्रसाईं फेला परेका छैनन् ।

Published : Thursday, 2025 April 3, 9:11 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया